इलाम नगरपालिकाकाे मेयरमा निर्वाचित केदार थापाले पदभार ग्रहण गर्दै यस्ताे निर्णय गरे

  आवाज सम्वाददाता

इलाम नगरपालिकाकाे मेयरमा निर्वाचित केदार थापाले पदभार ग्रहण गर्दै यस्ताे निर्णय गरेका छन् ।

१० नेपालको संविधानबमोजिम मिति २०७९।१।३० गतेका दिन स्थानीय तहको निर्वाचन सफलपूर्वक सम्पन्न भएकोमा सो निर्वाचन सफल पार्नका लागि सक्रिय भूमिका निर्वाह गर्नु हुने नेपाल सरकार, निर्वाचन आयोग, सरकारी तथा गैरसरकारी निकाय, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत आम मतदाताहरुमा धन्यवाद ज्ञापन गर्दै नव निर्वाचित जनप्रतिनिधिहरुको कार्य सफलताको लागि शुभकामना तथा बधाइ ज्ञापन गर्ने र नव निर्वाचित जनप्रतिनिधिहहरुलाई आ–आप्mनो ठाउँबाट महत्वपूर्ण भूमिका निर्वाह गरी समुन्नत इलाम, सम्पन्न इलामेलीको नारा सफल गर्ने अभियानमा सहयोग गर्न अनुरोध गर्ने ।

२० कडा रोग लागेका बिरामी तथा दीर्घ रोगी र असहाय बिपन्न बिरामीहरुलाई सहयोगको लागि स्वास्थ्य उपचार कोष खडा गरी प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको दस्तखतबाट बैंक खाता सञ्चालन गर्ने र सो स्वास्थ्य उपचार कोषमा मेयर, उपमेयर र कार्यपालिका सदस्यहरुले पाउने पारिश्रमिकबाट मासिक रुपमा नगर प्रमुखबाट रु ३ हजार, उपप्रमुखबाट रु २ हजार र कार्यपालिका सदस्यहरुबाट रु १ हजारका दरले कटृा गरी सहयोग रकम जम्मा गर्ने ।

३० आम नगरवासीको गुनासो सम्बोधनका लागि इलाम नगरपालिकाबाट असुल भइ आएको प्रचलित राजश्वका निम्न शीर्षकमा आउँदो २०७९ श्रावण १ देखि लागू हुने गरी निम्नानुसारको व्यवस्था मिलाई नगर सभाबाट अनुमोदन गराउने ।
य सम्पत्ति कर र मालपोतको प्रचलित दरमा १० प्रतिशत छुट ।
य कोरोना महामारीका कारण थला परेको उद्योग व्यवसायलाई राहत स्वरूप व्यवसाय करअन्तर्गत होटल व्यवसायमा १० प्रतिशत र अन्य सबै व्यवसायमा ५ प्रतिशत छुट
य सफाइ सेवा शुल्क फोहोरमैला संकलन गाडीको रुटको ५० मिटर दायाँबायाँ मात्र असूल गरी सेवा प्रवाहको रुट बाहिर छुट ।
य शिक्षण संस्था, सहकारी संस्था, गैसस र उद्योगको नाममा हुने नक्सापासको दस्तुरमा २५ प्रतिशत छुट गर्ने साथै नक्सापासको लागि आवेदन दर्ता गराएको मितिले ३५ दिन भित्रमा बिना कारण प्लिन्थ लेभल नक्सा इजाजत जारी नभएमा हर्जाना÷क्षतिपूर्ति स्वरूप नक्सापास दस्तुर वापत दाखिला भएको रकमको ३ प्रतिशतले हुन आउने रकम ३६ औ दिनदेखि दैनिक हिसाव गरी आवेदकको बैंक खातामा जम्मा गर्ने, यस अनुसार भुक्तान भएको रकम नक्सापास शाखा सम्वद्ध जिम्मेवार कर्मचारीहरुबाट दामासाहीले असूल गर्ने व्यवस्था मिलाउने ।

४० इलाम नगरपालिकाअन्तर्गत फजुल खर्र्च कटौती तथा आम्दानी बढाउने खर्च घटाउने नीति अवलम्बन गर्दै इलाम नगरपालिकाबाट असुल भई आएको आन्तरिक राजश्वलाई समयानुकूल पुनरावलोकन,परिमार्जन तथा करको दर घटाउने र कर दायरा फराकिलो पार्ने कार्यका लागि १५ दिन भित्र प्रतिवेदन पेश गर्न इलाम नगरपालिकाको राजश्व परामर्श समितिलाई निर्देशन दिने र सो समितिको प्रतिवेदन तथा सुझावलाई आगामी नगर सभाबाट स्वीकृत गराई आ।ब। २०७९।०८० देखि कार्यान्वयन गर्ने ।

५० इलाम नगरपालिकाको आर्थिक वर्ष २०७९।०८० को योजना तथा कार्यक्रम तयार गर्दा इलाम नगरपालिकाको आवधिक योजनाका साथै स्थानीय तह निर्वाचन २०७९ को लागि २०७९।१।३० अगावै जारी भएको नेपाली कांग्रेस र नेकपा एमाले तथा नेपाली कांग्रेसको नेतृत्वमा रहेको वर्तमान राजनैतिक दलको गठबन्धनको घोषणा तथा प्रतिबद्धता पत्रलाई आधार मानेर तयार गर्ने नीतिलाई प्राथमिकतामा राख्ने र आ।ब। ०७९।०८० को लागि रु १ करोडका दरले वडा सिलिङ्ग विनियोजन गरी कार्यक्रम तयार गर्ने ।

६० इलाम नगरको शैक्षिक गुणस्तर अभिबृद्धि तथा केजरीवाल मोडल अनुकरणको लागि नगरका प्रत्येक विद्यालयको अनुगमन निरीक्षण गरी सुझावसहितको प्रतिवेदन र मा।वि।हरुको वातावरण सूचक फाराम भरी १ महिना भित्रमा पेश गर्न सामाजिक विकास महाशाखा प्रमुख श्री प्रेम गौतमको नेतृत्वमा शिक्षा अधिकृत श्री राधिका घिमिरे, पूर्व वडाध्यक्ष श्री नारद लम्साल, पूर्व वडाध्यक्ष श्री तिर्थ गुरुङ्ग, पूर्व वडाध्यक्ष श्री रबिन एक्तेन, पूर्व कार्यपालिका सदस्य श्री सानु दास र सामाजिक अभियन्ता श्री दिपक तिखत्री रहेको कार्यदल परिचालन गर्ने र यस कार्यदलमा आवश्यकतानुसार विषयविज्ञ तथा महिला प्रतिनिधि थप गर्न सकिने ।

७० इलाम अस्पतालको सेवा प्रवाहको स्तर अभिबृद्धिमा सहयोग, इलाम आँखा अस्पताल र स्थानीय स्वास्थ्य केन्द्रको गुणस्तर अभिबृद्धिमा सहयोग, स्वास्थ्य बीमा प्रवद्र्धन, जनताको गुनासो सुनुवाइ र आपतकालीन सहयोगको लागि अस्पताल विकास समिति र स्वास्थ्य बीमा बोर्डको सहकार्यमा इलाम अस्पतालमा न।पा। को अधिकृतस्तरको स्वास्थ्यकर्मीको नेतृत्वमा सुविधा सम्पन्न २४ घण्टे नगरपालिका स्वास्थ्य हेल्प डेस्क सञ्चालन गर्ने । सो हेल्प डेस्कको अनुगमन तथा व्यवस्थापन एवम् इलाम मेडिकल कलेजको लागि आर्थिक तथा जग्गा व्यवस्थापन कार्यमा सहयोगको लागि वडाध्यक्ष नरेश श्रेष्ठको संयोजकत्वमा वडाध्यक्ष श्री गोपाल चौहान, पूर्व वडाध्यक्ष होम बस्नेत, पूर्व वडाध्यक्ष श्यामकृष्ण घिमिरे, समाजसेवी रतन चौधरी लगायत राजनैतिक तथा सामाजिक क्षेत्रमा संलग्न श्री छबिलाल आचार्य, श्री डकेन्द्र दाहाल, श्री छिकिन तामाङ्ग रहेको इलाम मेडिकल कलेज आर्थिक तथा जग्गा व्यवस्थापन सहयोग कार्यदल गठन गर्ने, यस कार्यदलमा आवश्यकतानुसार विषय विज्ञ तथा महिला प्रतिनिधि थप गर्न सकिने साथै यस कार्यदलले इलाम अस्पतालस्थित हेल्प डेस्कमा सचिवालय राखी हेल्प डेस्कको अनुगमनको जिम्मेवारी समेत निर्वाह गर्ने गराउने ।

८० इलाम नगरमा एक वडा एक उत्पादन, फलपूmल उत्पादन अभिबृद्धि तथा बजारीकरण, पशु बधशाला व्यवस्थापन, गाईपालन, मौरीपालन, बाख्रापालन, बंगुरपालन, माछापोखरी लगायत व्यावसायिक कृषि तथा पशुपालन एवम रोजगारी प्रवद्र्धन तथा उद्यमशीलता विकासका लागि १५ दिन भित्रमा कृषि विकास योजना तयार गरी पेश गर्न वडाध्यक्ष श्री काजीबहादुर श्रेष्ठको नेतृत्वमा वडाध्यक्ष श्री गायत्रीराम बस्नेत, वडाध्यक्ष श्री गिरिराज रिजाल, वडा सदस्य श्री पारसमणि काप्mले र कृषि व्यवसायमा संलग्न श्री लिला थापा, श्री मिलन खत्री राई, श्री कमल दुलाल, श्री राम राइ रहेको कार्यदल परिचालन गर्ने र यस कार्यदलमा आवश्यकतानुसार विषय विज्ञ तथा महिला प्रतिनिधि थप गर्न सकिने ।

९० इलाम नगरपालिकाको गतिविधिहरुलाई आम सञ्चार माध्यम र नगरवासी समक्ष प्रवाहका लागि वडाध्यक्ष श्री नुतनदेव दुलाललाई कार्यपालिकाको प्रवक्ता तोकी परिचालन गर्ने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार