वडाध्यक्ष खनालले पदभार ग्रहण गर्दै यि तीन महत्वपूर्ण निर्णय गरे

  आवाज सम्वाददाता


माई। माई नगरपालिका वडा नं. ७ का नवनिर्वाचित वडाध्यक्ष बुद्धि खनालले बुधबार पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहण गर्दै वडाध्यक्ष खनालले महत्वपूर्ण निर्णयहरु पनि गरेका छन् । पदभार ग्रहण गर्दै वडाध्यक्ष खनालले आफ्नो वडाका ६० वर्षभन्दा माथिका सबै जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य विमा गर्ने निर्णय गरेका छन् ।

यसरीनै जेष्ठ नागरिकको सहजताका लागि सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने निर्णय पनि गरेका छन् । वडाका अधिकतम् ठाउँमा विद्युतीकरण गर्न बाँकी रहेकाले एक वर्षभित्र विद्युतीकरण गर्ने कार्य गर्ने र वडाका १० स्थानमा फ्रि वाइफाई जडान गर्ने निर्णय पनि गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार