दबुले जनप्रतिनिधिहरुलाई सम्मान गर्यो

  आवाज संवाददाता


इलाम । नेवाः देय् दबू बरबोटेले स्थानीय तहको निर्वाचन २०७९ मा इलाम नगरपालिकामा निर्वाचित नेवार समुदायका जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।
दबू बरबोटेका अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाम नगरपालिका वडा नं. ५ को वडाध्यक्षमा निर्वाचित काजीबहादुर श्रेष्ठ, वडा नं. ६ का वडाध्यक्ष मदन श्रेष्ठ, वडा नं. ७ का वडाध्यक्ष नरेश श्रेष्ठ, वडा नं. १० का वडाध्यक्ष दिलिप प्रधानलाई सम्मान गरिएको हो । यसरीनै वडा नं. ७ का सदस्य बिमल वैद्य, र वडा नं. ५ का सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा नेवाः देय् दबू इलामका अध्यक्ष युद्धप्रसाद वैद्य, वडा नं. ५ का निवर्तमान वडाध्यक्ष ठाकूरनारायण श्रेष्ठ र नवनिर्वाचित वडाध्यक्षहरुले मन्तब्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार