सूर्योदयमा कार्यपालिका गठनका लागि एमाले र एसको गठबन्धन

  आवाज सम्वाददाता


इलाम । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेको नेकपा (एकीकृत समाजजादी) ले कार्यपालिका गठनमा भने नेकपा एमालेसँग गठबन्धन गर्ने भएको छ । कार्यपालिका गठनमा चुनावी गठबन्धन टुटेको छ ।
कार्यपालिका गठनका लागि नगरसभामा कांग्रेस, एस र एमालेको स्पष्ट बहुमत छैन । नगरसभामा एसकोे मेयर, पाँच वडाध्यक्षसहित २० जना रहेको छ । कांग्रेसको उपमेयर, सात वडाध्यक्ष सहित ३४ जना छ । नेकपा एमालेको भने दुई वडाध्यक्षसहित १८ जना रहेको छ । एमालेको मत निर्णायक भएपछि एस र एमाले बीच कार्यपालिका गठनमा तालमेल गर्ने सहमति भएको हो ।
कार्यपालिकामा निर्वाचित हुने दलित, अल्पसंखयक र महिला ८ जना मध्ये ४–४ जना सदस्य भागबण्डा गरी बहुमत जुटाउने गरी सहमति भएको छ । सहमति अनुसार एमाले र एसले शनिबार मनोनयन समेत ४–४ जनाको मनोनयन दर्ता गराएको छ । कांग्रेसले भने आठै जनाको मनोनय दर्ता गराएको छ ।
१४ वटा वडा रहेको सूर्योदय नगरपालिकामा ७२ जना नगरसभा सदस्य निर्वाचित छन् ।
एमाले र एसको सहमति अनुसार एमालेबाट अल्पसंख्यकबाट ख्याम भूजेलले मनोनयन दर्ता गराएका छन् । यसरीनै महिला सदस्यका लागि सावित्रा शिवा, चन्द्रकला परियार, केशर कुमारी पौडेलले एमालेका तर्फबाट मनोनय दताए गराएका छन् । एसको तर्फबाट चित्रकला बराइली, सोनाम छिरिङ लामा र महिला सदस्यमा लतादेवी गौतम, लामु शेर्पाले मनोनय गरेका छन् ।
नेपाली कांग्रेसको तर्फबाट भने दलित वा अल्पसंख्यकबाट यामन लामा, राजु राई र सोनाम छिरिङ काजीले मनोनयन गरेका छन् भने महिला सदस्यमा ख्यामकुमारी घले, चन्द्रकला मैनाली घले, टीकाकुमारी गौतम, शर्मिला विश्वकर्मा र मुकु यल्मुले मनोनय दर्ता गराएका छन् ।
कार्यपालिकामा मेयर, उपमेयर, निर्वाचित वडाध्यक्षबाहेक दलित र अल्पसंख्यकबाट ३ जना र निर्वाचित वडा सदस्यहरु मध्येबाट ५ जना महिला गरी ८ जना थपिन्छन् ।
सूर्योदय नगरको मेयरमा नेकपा एसका रणबहादुर राईले एमालेका काजीमान कागतेलाई पराजित गरेका थिए भने कांग्रेसका दुर्गाकुमार बरालले एमालेकी दुर्गादेवी भट्टराईलाई पराजित गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार