जिससको निर्वाचन कार्यतालिक सार्वजनिक

  आवाज सम्वाददाता

जिल्ला समन्वय समितिका पदाधिकारी चयनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार जेष्ठ २६ गते मतदाता नामावली प्रकाशन, २७ गते मतदाता नामावली सच्याउने र छुट भएमा थप गर्न निवेदन दिने, २७ गतेनै संशोधित मतदाता नामावली प्रकाशन गर्ने, २८ गते मतदाताको विरोधमा उजुरी दिने, २८ गतेनै उजुरी माथि जाँचबुझ र अन्तिम नामावली प्रकाशन गर्नै, जेठ २९ गते उम्मेदवारको मनोनयन दर्ता र उम्मेदवारको सूची प्रकाशन गर्नै, ३० गते उम्मेवदारको विरोधमा उजुरी दिने, सोही दिन उजुरी माथि जाँचबुझ र उम्मेदवारको नामावली प्रकाशन गर्ने, ३१ गते उम्मेदवारले उम्मेदवारी फिर्ता लिने, ३१ गतेनै उम्मेदवाररको अन्तिम नामावली प्रकाशन तथा निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । जिससका पदाधिकारीको निर्वाचन भने असार ४ गते राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार