मतदाता नामावली पुनः संकलन हुने

  आवाज सम्वाददाता

स्थानीय तह निर्वाचन सकिएसँगै निर्वाचन आयोगले अब हुने प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनलार्य लक्ष्ति गर्दै मतदाता नामावली संकलन पुनः शुरु गर्ने भएको छ । आयोगले आगामी असार १ गतेदेखि यसअवधिमा नागरिकता लिएका, मतदाता नामावली ऐन २०७३ अनुसार योग्यता पुगि नामावलीमा छुट भएका सबै नेपाली नागरिकहरुले मतदाता नामावलीमा आफूलाई समावेश गर्न भनेको छ । आयोगले प्रदेश तथा सबै जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन गरिने जनाएको छ । आयोगले नामावली संकलन सँगै नाम दर्ता, यसअघिको विवरण त्रुटि भएमा सच्याउन, दोहोरो नाम हटाउन, ठेगाना तथा मतदान स्थल परिवर्तन गर्न समेत सकिने जनाएको छ । आयोगले एक सूचना जारी गरि एक जिल्लाबाट अर्को जिल्लामा गइ बसोबास गरिरहेका र मतदाता नामावलीमा नाम दर्ता नभएका मतदाताहरुलाई पनि सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा गइ स्थायी ठेगानामा मतदाता नामावली दर्ता गराउन सक्ने समेत व्यवस्था गरेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार