असार देखि सडक खन्न प्रतिबन्ध

  आवाज सम्वाददाता

सडक विभागले वर्षायामको समयमा विभिन्न प्रयोजनका लागि सडक खन्ने कार्यले सडकको अवस्था पुरानै अवस्थामा ल्याउन नसकिने भन्दै आगामी असार १ गतेदेखि तीन महिनाका लागि सडक खन्नमा रोक लगाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले एक सुचना जारी गरि असार १ गते देखि भदौ मसान्त सम्म कुनैपनि सडक खन्न स्वीकृति नदिने र जबरजस्ती सडक खन्ने भएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कार्वाही गरिने जनाएको छ । विभागले वर्षायाममा धारा, ढल, विजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्न रोक लगाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार