इलाम नगरपालिकाले ल्याएको १ अर्ब २२ करोड बजेटमा कृषि र पर्यटनलाई प्राथमिकता

  आवाज सम्वाददाता


इलाम । इलाम नगरपालिकाको भरखरै निर्वाचित जनप्रतिनिधिले नगरमा केषि र पर्यटन विकासलाई प्राथमिकता दिँदै बजेट पारित गरेको छ ।
इलाम नगरपालिकाको आर्थिक वर्ष ०७९।०८० को लागि एक अर्व २२ करोड ३७ लाखको बजेट तथा कार्यक्रम पारित गरेको छ । इलाम नगरपालिकाको ११ औ नगर सभामा उपप्रमुख विष्णुमाया दहाल लिम्बुले पेस गरेको बजेट पारित भएको शनिवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । नगर सभाले आर्थिक वर्ष ०७९।०८० को लागि रु १ अर्व २२ करोड ३७ लाखको आयव्यय अनुमान गरेको छ । आन्तरिक स्रोतमा २० करोड ४९ लाख ८९ हजार १ सय ६०, संघीय सरकारबाट प्राप्त हुने ८४ करोड २८ लाख, प्रदेश सरकारबाट प्राप्त हुने ४ करोड २८ लाख ४ हजार र राजश्व बाँडफाँडबाट १३ करोड ३१ लाख ६ हजार ८ सय ४० रहेको छ ।


पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख केदार थापा र प्रवक्ता नुतन दुलालले इलामलाई समृद्ध बनाउने उद्देश्यले बजेट तयार पारिएको बताएका छन् । बजेटको व्ययतर्पm कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्पm १६ करोड ५८ लाख ५० हजार, वडास्तरीय योजना तथा कार्यक्रमतर्पm १२ करोड, नगरस्तरीय योजना तथा कार्यक्रम तर्पm २२ करोड ९७ लाख ३९ हजार, संघीय सशर्त अनुदानमा ४७ करोड ४६ लाख, प्रदेश सशर्त अनुदानमा ३ करोड ३५ लाख ११ हजार, सामाजिक सुरक्षामा २० करोड रहेको छ । वडास्तरीय योजना तथा कार्यक्रमअन्तर्गत आर्थिक विकासमा १ करोड ३२ लाख, सामाजिक विकासमा १ करोड ९८ लाख ५० हजार, पूर्वाधार विकासमा ५ करोड ९६ लाख, वन वातावरण तथा विपद् व्यवस्थापनमा २ करोड, सुशासन तथा संस्थागत विकासमा ७३ लाख ५० हजार रहेको छ । नगरस्तरय योजना तथा कार्यक्रममा आर्थिक विकासमा ४९ लाख, सामाजिक विकासमा ४ करोड ७६ लाख ९९ हजार ८ सय ४०, पूर्वाधार विकासमा १३ करोड २२ लाख ३९ हजार १ सय ६०, वन वतावरण तथा विपद् व्यवस्थापनमा ७० लाख, सुशासन तथा संस्थागत विकासमा ३ करोड ७९ लाख रहेको छ ।
संघीय सशर्त अनुदानमा आर्थिक विकासतर्पm १ करोड ५१ लाख, सामाजिक विकासमा ३० करोड ७४ लाख,पूर्वाधार विकासमा ११ करोड ९९ लाख, वन वातावरण तथा विपद व्यवस्थापनमा १ करोड ८० लाख, सुशासन तथा संस्थागत विकासमा १ करोड ४२ लाख रहेको छ । प्रदेश सर्शत अनुदानमा सामाजिक विकासमा ९ लाख ५३ हजार, पूर्वाधार विकासमा ३ करोडढ २५ लाख ५८ हजार रहेको छ । बजेटबाट प्रत्येक वडामा न्यूनतम ५ लाखका दरले कृषि कार्यक्रम, ५ लाखका दरले लक्षित कार्यक्रम, ५ लाखका दरले शिक्षा तथा स्वास्थ्य कार्यक्रम रहेको छ । गाई खरिदमा ३३ लाख, पशु स्वास्थ्य शिविरमा ८ लाख, मानव स्वास्य शिविरमा १० लाख, कृषि सहकारीसँग सहकार्यमा १० लाख, जेष्ठ दलित र अति विपन्नलाई स्वास्थ्य बीमा १० लाख, छात्रवृत्तिका लागि १० लाख, नमुना विद्यालयका लागि १६ लाख, बोटानिकल गार्डेनको लागि ५ लाख, कृषि अनुसन्धान केन्द्रको लागि ५ लाख, मिलगोलाइ विणापानी सडकका लागि ३ करोड ७५ लाख, फोहोरमैला व्यवस्थापन केन्द्र १ करोड ८० लाख, माई भगवती रङ्गशालालाई २ करोड, स्वास्थ्य उपचार कोषमा रु १० लाख विनियोजन भएको छ ।
माईजोगमाई गाउँपालिकाले आर्थिक बर्ष २०७९ ÷०८० का लागि ५३ करोड ४१ लाख ८४ हजार ७ सय ६० रकम विनियोजन गरेको छ । गाउँपालिमा आर्थिक बर्ष २०७९÷८० को नीति तथा कार्यक्रम पारित भएको छ । माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेले आर्थिक बर्ष २०७९र८० को नीति तथा कार्यक्रम प्रस्तुत गरे । नीति तथा कार्यक्रम अन्तर्गत कृषि तथा पशुपंक्षी विकास नीति वातावरण संरक्षण नीति , विपद व्यबस्थापन नीति ,भौतिक तथा पुर्वाधार विकास , सडक तथा यातायात , खानेपानी तथा सरसफाई , विधुतिय तथा वैकल्पिक उर्जा सम्बन्धि ,वस्ती विकास तथा भूकम्प प्रतिरोधी भवन निर्माण नीति निर्माण गर्ने गाउँपालिकाको योजना छ । शिक्षा युवा तथा खेलकुद नीति ,स्वास्थ्य सम्बन्धि नीति, उधोग पर्यटन प्रवर्द्धन तथा संस्कृति सम्बन्धि नीति ,सूचना संचार तथा प्रविधी बिकास नीति ,महिला सम्बन्धि नीति , बालबालिका सम्बन्धी नीति ,आदिवासी जनजाती दलित अपांग तथा जेष्ठ नागरिक सम्बन्धि नीति लगायत अन्य गरि जम्मा २३ वटा विषयमा गाउपालिका अध्यक्ष थेवेले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
देउमाइ नगरपालिकाकोे सातौँ नगरबाट ७७ करोड २६ लाख ७९ हजारको बजेट पारित गरेको हो । नगरसभाले चालु खर्च ४९ करोड ७८ लाख ५७००० हजार र पूँजिगत खर्च २७ करोड ४८लाख २२ हजार बजेट विनियोजन भएको छ । नगर प्रमुख सुर्य पोखरेलको अध्यक्षतामा भएको नगरसभामा उप–प्रम पविमाया राईले प्रस्तुत गरेको निति तथा कार्यक्रम र बजेटमा पूर्वाधार विकास तर्फ १५ करोड ७४ लाख १० हजार, सामाजिक विकास तर्फ ३२ करोड १२ लाख ३१ हजार, आर्थिक विकास तर्फ १० करोड २६ लाख ४२ हजार, संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ ५ करोड ५९ लाख ६१ हजार र कार्यालय संचालन तथा प्रशासनिक खर्च तर्फ १३ करोड ५४ लाख ३५ हजार बजेट विनियोजन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार