इलामस्थित मदन भण्डारी फाउन्डेसनको आज (मङ्गलबार) सम्पन्न चौथो जिल्ला अधिवेशनले प्रकाश अधिकारीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा रमेश राई, सचिवमा छवि श्रेष्ठ, उपसचिवमा सावित्रा शिवा र कोषाध्यक्षमा दीपेन्द्र खनाल चयन भएका छन् ।
सदस्यहरूमा शिव भण्डारी, धनबहादुर फियाक, दिनेश ढकाल, मित्र खड्का, सीताराम घिमिरे, चन्द्र बर्देवा, प्रवेश पराजुली, नोमनाथ खतिवडा, तुलसा खत्री, प्रेम गुरुङ, विपनम गुरुङ, प्रदीप अधिकारी, प्रकाश खनाल, कुशबहादुर थेबे, खम्बासिंह लिम्बू, सटेन्द्र जबेगू, तेजमाया गुरुङ, कुलचन्द्र कट्टेल, दामोदर चापागाईं र एलबी थाम्सुहाङ चयन भएका छन् ।