कडा किसिमका रोगीलाई सुविधा दिंदै सूर्योदय

  आवाज संवाददाता

सूर्योदय नगरपालिकाले कडा किसिमका रोगीहरुलाई औषधी उपचार खर्चमा विशेष सुविधा प्रदान गर्न थालेको छ । नगरपालिकाले आफ्ना सबै वडाहरुलाई प्रत्येक वडामा रहेका कडा रोगीको विवरण संकलन गर्न पनि उर्दी गरेको छ । मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर र मेरुदण्डपक्षघातका विरामीलाई औषधी उपचार खर्च वापत उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७८ अनुसार त्यस्ता विरामीलाई मासिक खर्च उपलब्ध गराउने बताइएको छ । कार्यविधिमा त्यस्ता विरामीलाई मासिक पाँच हजार रुपैयाँ प्रदान गरिने र सो रकम प्रत्येक तीन महिनामा दिइने जनाइएको छ । नगरपालिकाले यस्ता किसिमका विरामीलाई राष्ट्रिय वाणिज्य बैक, कृषि विकास बैंक, ग्लोबल आइएम ई बैंक, सिद्धार्थ बैंक, नेपाल बङ्लादेश बैंक, कुमारी बैंक, एक्सल बैंक र एभ्रेष्ट बैंक मार्फत रकम उपलब्ध गराइने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार