फाकफोकथुमका गुरुङ लागुऔषध सहित पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट चेक जाँचमा खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका फाकफोकथुम-१ इलामका २७ बर्षीय प्रकाश गुरुङ र फिदिम नगरपालिका-८ पाँचथरका २१ बर्षीय लक्षुमान तामाङको साथबाट १४ ग्राम ब्राउनसुगर बरामद गरेको हो । ब्राउनसुगर सहित पक्राउ परेका उनिहरुलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार