विद्यालय कर्मचारीहरुको आन्दोलनले सामुदायिक विद्यालय बन्द

  आवाज सम्वाददाता


इलाम। विद्यालय कर्मचारीहरुको संस्था नेपाल विद्यालय कर्मचारी परिषदले आव्ह«ान गरेको बन्दका कारण आइतबार जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरु बन्द भएका छन् ।
विद्यालय कर्मचारीहरु विभिन्न माग राखेर दुई सातादेखि चरणवद्ध आन्दोलनमा छन् । चरणवद्ध आन्दोलन गरिरहँदा पनि सरकारले सुनुवाई नगरेपछि परिषदले भदौ १२ गतेदेखि १८ गतेसम्म विद्यालय बन्दको आव्ह्रान गरेको थियो । बन्दको पहिलो दिन इलामका प्रायः सबै विद्यालयहरु बन्द भएको परिषदका इलामका अध्यक्ष हेमराज बस्नेतले बताए । तर, केही विद्यालयका प्रधानाध्यापकहरुको असहयोगले केही विद्यालयहरु भने सञ्चालनमा रहेको पनि अध्यक्ष बस्नेतले बताए । उनले बन्द गर्नका लागि सहयोग गर्ने सबैप्रति धन्यवाद पनि व्यक्त गरेका छन् । सरकारले आइतबार साँझ पत्रचार गर्दै परिषदलाई वार्तामा बोलाएकाले भोलिदेखिका कार्यक्रमहरु परिषदको बैंठकले तय गर्ने बताइएको छ ।
दशकौंदेखि विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको दरबन्दी सिर्जना गरी स्थायी नगरेको, न्यूनतम् श्रम ऐन अनुसारको सेवासुविधा प्रदान नगरेका कारण सेवासुविधाको माग गर्दै विद्यालय कर्मचारीहरु आन्दोलनमा छन् ।

बन्दको पहिलो दिन इलामका प्रायः सबै विद्यालयहरु बन्द भएको परिषदका इलामका अध्यक्ष हेमराज बस्नेतले बताए । तर, केही विद्यालयका प्रधानाध्यापकहरुको असहयोगले केही विद्यालयहरु भने सञ्चालनमा रहेको पनि अध्यक्ष बस्नेतले बताए । उनले बन्द गर्नका लागि सहयोग गर्ने सबैप्रति धन्यवाद पनि व्यक्त गरेका छन् ।

राज्यले अरु सबै क्षेत्रका कर्मचारीको तलब वृद्धि गर्दा समेत विद्यालय कर्मचारीको तलब नभएको भन्दै परिषदले आन्दोलन गरिरहेको छ । परिषदले विद्यालय कर्मचारी सहायक(लेखापाल)हरुका लागि ३६ हजार ७३०, विदालय सहयोगीहरुका लागि २६ हजार २१० पूर्ण सेवा सुविधाको ग्यारेन्टी तत्काल गर्नुपर्ने, सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुलाई दरबन्दीमा समायोजन गरी एक पटकका लागि प्रक्रिया पु¥याई स्थायी प्रक्रियामा लगिनु पर्ने, संघीय शिक्षा ऐन २०२८ को संशोधनमा प्रबन्ध गनुपर्ने माग राखेका छन् ।
त्यस्तैगरी संघीय शिक्षा ऐन जारी हुँदाका बखतसम्म अविच्छिन्न सेवामा कार्यरत विद्यालय कर्मचारीहरुलाई एक पटकका लागि उमेर हद नलाग्ने प्रबन्ध गर्नुपर्ने, ६० वर्ष उमेर पुगेका विद्यालय कर्मचारीहरुलाई प्रलित कानुन बमोजिम शिक्षक सरह सेवासुविधा उपलब्ध गराई ससम्मान अवकाशको व्यवस्था गर्नुपर्ने लगायतको माग राख्दै आन्दोलन गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार