इलाम । नेकपा एमालेले प्रदेशसभाको लागि इलाम क्षेत्र नं २ (क) मा गणेश बराललाई उम्मेदवार बनाउने भएको छ । एमाले प्रदेश कमिटी सदस्य बराल इलाम क्षेत्र नं २ ‘क’ को प्रदेश सभा सदस्यका लागि सर्बसम्मत सिफारिस भएका हुन् । बिहीबार इलामको देउमाई नगरपालिकाको भेलाले निवर्तमान जिल्ला समन्वय समिति प्रमुख बराललाई उम्मेदवार सिफारिस गरेको हो ।
बराल जिल्लामा सालिन, भद्र र बौद्धिक नेताको रुपमा चिनिएका छन् । तत्कालीन जीतपुर गाविसका अध्यक्ष भइसकेका बरालले राजनीतिक परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेका छन् । उनी २०७४ सालमा जिल्ला समन्वय समितिको प्रमुख निर्वाचित भएका थिए।
बिहीबारबाट शुरु भएको छनोट कार्यक्रम क्षेत्र नं २ ‘ख’ को उम्मेद्वार छनोटका लागि १८ गते भेलाको आयोजना गरेको छ ।