पाँच जना फरार अभियुक्त प्रहरीको फन्दामा


इलाम।विभिन्न कसुरमा अदालतले दोषी डहर्याएका फरार पाँच जना अभियुक्त पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय इलामले विभिन्न ठाउँबाट पक्राउ गरी जिल्ला अदालतलाई बुझाएको छ ।

पक्राउ पर्नेहरुमा चोरी सम्बन्धी कसुरमा २०७२ सालमा अदालतले एक महिना कैद र नगद १९ हजार जरिवाना तोकिएका इलाम नगरपालिका वडा नं. ३ का ५० वर्षीय भक्तबहादुर राई र डाका तथा आगजानी कसुरमा २०७६ सालमा अदालतले ६ महिना कैद तोकिएका सूर्योदय नगरपालिका वडा नं. २ का ३९ वर्षीय लाक्पा शेर्पालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

यसरीनै वन सम्बन्धी कसुरमा सजाय तोकिएका चुलाचुली गाउँपालिका वडा नं. ४ बस्ने ३९ वर्षीय कुमार विश्वकर्मा, २८ वर्षीय उदयबहादुर लिम्बू र राजकुमार लिम्बूलाई पनि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनीहरुलाई अदालतले २०७५ सालमा साँढे चार लाखभन्दा बढी जरिवाना तोकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार