राजनीतिको लामो यात्रा पार गरेकी शोभा पराजुली इलामको महिला आन्दोलनको कुशल नेत्रृ हुन् । अहिले राष्ट्रपति रहेकी विद्या भण्डारीसंगै जसो राजनीतिमा होमिएकी पराजुली कम्युनिष्ट आन्दोलनमा लो प्रोफाइलमा बसेर योगदान गरेकी छिन् । प्रष्ट वक्ता, शालिन व्यक्तित्व, बैचारिक दक्षता र परिपक्व नेत्रृको रुपमा आफूलाई उभ्याउन सफल पराजुलीले नेपालीले स्नातोकोत्तर पुरा गरेकी छिन् । पञ्चायतकालनमा अर्ध भूमिगत रुपमा क्रियाशील रहेकी उनले नामसालिङ्गका २७ जना किसानसंगै मुद्धा खेप्नु परेको थियो ।
बाबु स्वः विष्णु प्रसाद पराजुली र विष्णुमाया पराजुलीको कोखबाट २०२४ साल चैत १९ गते इलामको सन्दकपुर गाउँपालिका वडा नं. ३ (साविक सुलुबुङ्ग गाविस ६) मा जन्मिएका पराजुली २०४० सालबाट कम्युनिष्ट पार्टीमा जोडिएकी हुन् । बाल रेडगार्डको रुपमा बामपन्थी आन्दोलनमा होमिएकी उनले त्यसपछि अनेरास्वबियुको जिल्ला कमिटि सदस्य चयन भइन् । त्यसपछि पराजुली २०४५ सालमा इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पस (मरब) मा स्वतन्त्र विद्यार्थी युनियन स्वबियु सदस्यमा निर्वाचित भएकी थिइन् ।
उनले २०४७ मा पार्टी संगठित सदस्यता पाइन् । त्यो ताका इलाममा पार्टीको सदस्यता पाउने थोरै व्यक्तिमा पराजुली पर्छिन् । त्यसपछि उनले लगातार सुलुबुङ्ग गाउँ कमिटि, इलाका कमिटि, क्षेत्रीय कमिटि, जिल्ला कमिटि, अञ्चल कमिटिमा सदस्यको जिम्मवारी पुरा गरिसकेकी छिन् । पराजुुली अहिले नेकपा एमालेको प्रदेश कमिटिको सदस्यको जिम्मेवारीमा छिन् ।
२०४८ सालमा अखिल नेपाल महिला संघ (अनेमसंघ) को इलाम अध्यक्षको जिम्मेवारी पुरा गरेपछि उनी अनेमसंघको दोस्रो सम्मेलनबाट राष्ट्रिय परिषद सदस्य चुनिइन् । त्यो बेला वर्तमान राष्ट्रपनि विद्यादेवी भण्डारीपनि पहिलो पटक अनेमसंघको राष्ट्रिय परिषद सदस्य बनेकी थिइन् ।
लामो राजनीतिक यात्रा पार गरेकी उनी जनप्रतिनिधिको रुपमा पनि सफल भएकी छिन् । २०४७ सालमा सन्दकपुर गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएपछि उनले निर्वाह गरेको भूमीका हेर्न लायक छ । उनले न्यायीक समितिको संयोजकको रुपमा कुशलतापूर्वक कार्य गरिन् । न्यायीक समितिको संयोजकको रुपमा न्याय निरोपणकोे कुनैपनि काम विवादित भएनन् । ‘मैले निरोपण गरेको कुनैपनि विवादमा पुनरावेदन परेनन’, पराजुलीले विगतको अनूभव सुनाउदै भनिन्,‘गाउँपालिकाको आम्दानीको श्रोत फराकिलो बनाउन पनि म सफलै भएको छु ।’
पराजुलीले सन्दकपुर गाउँपालिकाको विकास र महिलाको आयआर्जनमा पनि उनले उल्लेखीय योगदान गरेकी छिन् । उनै पराजुली नेकपा एमालेबाट इलामको क्षेत्र नम्बर १ ‘क’ बाट प्रदेशसभाको उम्मेद्वार बनेर चुनावी दौडाहामा छिन् ।