यूएर्इ अपडेटः बागलुङ सेवा समाजको अध्यक्षमा रत्न, कस्केलीको वार्षिकोत्सव

बागलुङ सेवा समाज यूएईको चौथो अधिवेशनले रत्न बिकलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

गत शुक्रबार बरदुबई स्थित एस्मिन होटेलको सभाहलमा सम्पन्न अधिवेशनले रत्न बिकको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

बरिष्ठ उपाध्यक्षमा चुडामणि शर्मा, उपाध्यक्षमा रमेश पौड्याल, उपाध्यक्षमा हेमराज शर्मा, महासचिबमा लालबहादुर क्षेत्री, सचिबमा महेश पौड्याल, कोशाध्यक्षमा शिब पाठक, कुश्मा खरेल र सदस्यहरुमा अर्चना सुबेदी, गुरुप्रसाद ज्ञवाली, राज थापा, सुनिल थापा, आकाश सुबेदी चयन भएका छन् ।

संस्थाका महासचिब खिमलाल पाण्डेले सन्चालन गरेको उक्त कार्यक्रममा संस्थाका कार्यबाहक अध्यक्ष बाबुराम गौतमले सभापतित्व गरेका थिए ।

प्रमुख अतिथिको रुपमा एनआरएनका मध्यपूर्ब उपसंयोजक तथा समाजका युएईमा संस्थापक संरक्षक गोपाल कंडेल उपस्थित थिए ।

त्यस्तै बिशेष अतिथिहरुमा संस्थाका बरिष्ठ सल्लाहकार कृष्ण केसी र चित्र केसीको उपस्थिति रहेको थियो । अन्य अतिथिहरुमा संस्थाका सल्लाहकारहरु याम पुन, रत्न बिक, पूर्ण सापकोटा, संस्थाका उपाध्यक्ष तारा मल्ल, भूतपूर्ब महासचिब केदार सिंह नेपाली , लुम्बिनी वेलफेयर सोसाईटी महिला विभागकी सरस्वति पौड्याल, साथमा संस्थाका क्षेत्रीय पदाधिकारीहरु रसअल खेमा समितिका अध्यक्ष काशिराम शर्मा, अबुधाबीका अध्यक्ष केदार लम्साल, दुबईका निबर्तमान अध्यक्ष लालबहादुर क्षेत्री, सारजहाका अध्यक्ष सुनिल थापा लगायत युएईमा कार्यरत समाजसेवी, बुद्दिजिबी, तथा पत्रकारहरुको समेत उपस्थिति थियो ।

नयाँ कार्यसमितिले यूएईमा रहेका बागलुङबासीहरुलाई एकताको मालामा उन्दै सामाजिकसेवामूलक क्रियाकलापलाई गति दिने विश्वास प्रकट गर्दै अधिवेशनमा अतिथिका रुपमा बोल्ने वक्ताहरुले नवनिर्मित समितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा लक्ष्मी पौड्यालले स्वागत मन्त्यब्य मार्फत सबैलाई स्वागत गरेकी थिइन् ।

संस्थाको सांगठनिक प्रतिबेदन संस्थाका महासचिब खिमलाल पाण्डेले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिबेदन संस्थाक कोसाध्यक्ष कलाधर सापकोटाले प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार