इलाम २ बाट नेम्बाङ पाचाैं पटक निर्वाचित

  आवाज सम्वाददाता

लाम । इलाम क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ पुनः विजयी भएका छन् ।

नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मतले पराजित गर्दै नेम्बाङ विजयी भएका हुन् । नेम्बाङले ३०हजार २० मत प्राप्त गरेका छन् भने खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका छन् । नेम्बाङको यो पाचौं पटकको निरन्तरको जीत हो ।

विजयपछि मतदाता र कार्यकर्ताहरुलाई सम्बाेधन गर्दै नेम्बाङले गठबन्धनकाे घेराबन्दी ताेड्दै एमाले विजयी भएको बताए । आगामी दिनमा देश र जनताको पक्षामा निरन्तर काम गर्ने पनि उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार