हिंसा विरुद्धको अभियान सम्पन्न

“सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान“ भन्ने नाराका साथ १६ दिने अभियान अन्तर्गत बुधबार सूर्योदय नगरपालिका २ नं वडामा लैङ्गिक हिंसा विरुद्धको सचेतना तथा जन–सबलीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सूर्योदय नगरपालिका २ नं वडा कार्यालय, माइती नेपाल र इलाका प्रहरी कार्यालय पशुपतिनगरको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता गर्दै २ नं वडाका अध्यक्ष डिकबहादुर बम्जनले लैङ्गिक हिंसा उन्मूलनका लागि वडा कार्यालयको तर्फबाट कुनै कसुर बाँकी नराख्ने र सो सम्बन्धमा योजना बनाई अगाडिी बढ्ने बताए ।
कार्यक्रममा माइती नेपाल पशुतिनगरका प्रमुख होम ढकालले लैङ्गिक हिंसा, घरेलु हिंसा र चेलिबेटी बेचबिखनका विषयमा स्पष्ट पारे । कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम गिरीले लैङ्गिक हिंसा गर्ने व्यक्तिलाई हुने सजाय र सो सम्बन्धी कानूनी प्रावधानहरुको बारेमा धारणा राखे । कार्यक्रममा ३ वटा वडाका विद्यालय, विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरु सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार