समानुपातिकमा पनि एमालेको अग्रता

  आवाज सम्वाददाता

प्रतिनिधिसभामा दुई र प्रदेशसभा सदस्यका लागि एक सिट जितेको नेकपा एमाले समानुपातिक तर्फ पनि जिल्लामा पहिलो भएको छ । जिल्लाको प्रतिनिधिसभाको समानुपातिकतर्फ एमाले ४७ हजार १२६ मत ल्याएर पहिलो स्थानमा छ । मध्ये क्षेत्र १ मा ५६ हजार ९८९ मत सदर भएकामा एमालेले २० हजार ५६४ मत ल्याएको छ । क्षेत्र २ मा ६६ हजार ८८५ मत सदर भएकामा एमालेको २६ हजार ५६२ मत छ ।
प्रदेशसभा दुई सिट जितेको नेपाली कांग्रेसले जिल्लामा समानुपातिक तर्फ दोस्रो स्थानमा रहेको छ । जिल्लामा ३८ हजार ७८३ मतसहित नेपाली कांग्रेस दोस्रो स्थानमा छ । कांग्रेसले क्षेत्र १ मा १६ हजार ४५० र क्षेत्र २ मा २२ हजार ३३३ मत ल्याएको छ ।
यता पुरानै दलका रुपमा रहेको नेकपा माओवादी केन्द्रलाई समेत पछि पार्दै नयाँ दल नेपाल स्वतन्त्र पार्टीले ९ हजार १३७ मत ल्याएको छ । प्रतिनिधिसभा तर्फ इलाम क्षेत्र नं २ बाट उम्मेदवारी समेत रहेको स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश सापकोटाले एमाले, नेपाली कांग्रेस पछि तेस्रो हुँदै एक हजार ३८० मत प्राप्त गर्नुभएको थियो ।
जिल्लामा गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) ले ८ हजार ६७ मत ल्याएर चौथो स्थानमा रहेको छ । नेकपा (माओवादी केन्द्र) ले भने ६ हजार ८२ मत ल्याएर पाँचौं स्थानमा छ ।
प्रदेशसभा तर्फ पनि एमाले समानुपातिकामा पहिलो भएको छ । प्रदेशसभाका चारै क्षेत्रमा एमालेले एक लाख २१ हजार ५४३ मत सदर भएकामा एमालेले ४८ हजार ७३ मत ल्याएको छ । प्रदेशसभा तर्फ पनि दोस्रो हुने नेपाली कांग्रेस कांग्रेसको ३९ हजार ५३९ मत पाएको छ । नेकपा (एस) ले ९ हजार ६२७ र माओवादीले ६ हजार ३२३ मत ल्याएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार