डिन इलामको अध्यक्षमा कुलदिप

  आवाज सम्वाददाता


इलाम। डिप्लोमा इन्जिनियरहरुको छाता संगठन डिप्लोमा इन्जिनियर्स एशोसिएशन नेपाल (डिन) जिल्ला कार्यसमिति इलामको दशौं सम्मेलनले कुलदीप घिमिरे(इलाम नगरपालिका)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

नवनिर्वाचित उपाध्यक्षमा बन्धु राई (माइजोगमाई गाउँपालिका), सचिवमा गोपाल बस्नेत (देउमाई नगरपालिका), सहसचिवमा रमेश सारु मगर(माइ नगरपालिका) र कोषाध्यक्षमा छविराज तामाङ(सूर्योदय नगरपालिका) लाई चयन गरेको छ । यसरीनै सदस्यहरुमा प्रशान्त राई (शहरी विकास तथा भवन कार्यालय), डिल्ली राज खड्का (चुलाचुली गाउँपालिका), प्रदिप सिंजाली (माइ नगरपालिका), युवराज दाहाल(माङ्सेबुङ गाउँपालिका), सिपि गड्तौला (संघन शहरी), सुजिता खतिवडा (सूर्योदय नगरपालिका) र युवराज ओली (जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय)लाई चयन गरेको छ ।

अधिवेशनको उद्घाटन इलाम नगरपालिकाका प्रमुख केदार थापा र एशोसिएसनका केन्द्रीय उपाध्यक्ष रामसुवरण चौधरीले संयुक्त रुपमा गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार