भारतीय सवारी आएपछि पुशपतिनगरबासीमा खुशी

इलाम । तीनवर्षदेखि बन्द रहेको भारतीय सवारीहरुले नेपाल प्रवेश पाएपछि सीमावत्र्ती बजार पशुपतिनगरमा आर्थिक कारोबार बढ्ने अपेक्षा गरिएको छ । यस अघि कोभिड– १९ का कारण भारतीय सवारी आउन बन्द भएपछि पशुपतिनगरको आर्थिक गतिविधि न्युन रहेको थियो । भारतीय पर्यटकहरुकै भरमा रहेको पशुपतिनगरमा आर्थिक कारोबार हुन छोडेपछि धेरै व्यावसायीहरुले व्यवसायनै बन्द गरेका थिए ।

भन्सार ऐनमा ‘नजिकको बजारमा पहुँच दिने’ व्यवस्था अनुसारनै पुनः भारतीय गाडीहरु पशुपतिनगर बजार सम्म आउन थालेको इलामका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताए । यसरी आउने सवारीले सुविधा पास लिएपछि पशुपतिनगर बजार भरिमात्र रहन पाउंछन् । प्रजिअ ढुङ्गानाले कांकडभिट्टा लगायत अन्य सीमा नाकाहरुमा भारतीय सवारीको प्रवेश यसअघिनै शुरु भइसकेको बताउनु भयो ।
भन्सार ऐनमा व्यवस्था भएअनुसार इलाम स्थित सरकारी अधिकारीहरु र भारतीय समकक्षीहरु बीच बैठक बसि आइतबार देखि भारतीय सवारीहरुलाई पशुपतिनगर प्रवेश गराउने सहमति भएको थियो ।

सोही अनुसार आइतबारमात्रै २२–२५ भारतीय सवारी पशुपतिनगर आएको सूर्योदय उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईले बताए । यसरी आउने भारतीय सवारी जीप, कार र मोटर साइकलले पशुपतिनगरस्थित भन्सार कार्यालयबाट सुविधा पास पाउनेछन् । यीनीहरुले पशुपतिनगर बजार बाहिर भने जान पाउँदैनन् । भारतकै दार्जिलिङ घुम्न जाने सिलिगुढी, कलकत्तालगायत पश्चिम बंगालका नागरिकहरु समेत पशुपतिनगर बजार आएर किनमेल गरेर फर्कने गरेको राई बताउँछन् । चीनबाट आउने लत्ताकपडा, जुत्ता चप्पल लगायतका सामग्री पशुपतिनगरबाट भातीय नागरिकले मनपराएर लाने गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार