मतदाताकाे घरगाउँमा सुवासचन्द्र नेम्बाङ

  आवाज सम्वाददाता

इलाम । इलामको प्रतिनिधिसभा २ बाट पाँचौं पटक निर्वाचित सुवासचन्द्र नेम्बाङ यतिखेर मतदाताको घर आँगनमा पुगेर मतदाताहरुलाई धन्यवाद दिन व्यस्त छन् ।

निर्वाचन अगाडि उम्मेद्वार भाेट माग्न मतदाताको घर पुग्ने गरे पनि निर्वाचनपछि भने मतदाताको घर आँगनमा पुग्ने गरेकाे कमै मात्र पाइन्छ । नेम्बाङ भने यस पटक भाेट माग्न जहाँ जहाँ पुगे त्यही ठाउँमा पुगेर मतदातालाई धन्यवाद दिइरहेका छन् । धन्यवादसँगै भोट माग्दा गरेका प्रतिवद्धताहरु पूरा गर्ने वाचा दाेहाेर्याइरहेका छन् । निर्वाचित भए लगत्तै सदरमुकाममा आयाेजित विजय सभालाई सम्बाेधन गरेर दुई चारदिनका लागि काठमाण्डौं फिरेका नेम्बाङ एक हप्ता पनि नबसी निर्वाचन क्षेत्र फर्केका छन् । मतदाताको घरदैलाे पुग्ने नियमित कार्यक्रम बनाएर उनले ५ वर्षभित्रमा इलाम विकासको दृष्टिकोणले धेरै अगाडि बढ्ने बताएका छन् । ‘मतदाताको शीर झुक्ने काम कहिल्यै गर्ने छैन’ मतदाता माँझ नेम्बाङले भने, ‘इलामेको शीर आत्मसम्मानमा ठेस लाग्न दिने छैन र हरेक काम गर्दा इलाममे जनतालाई संझेर गर्ने छु ।’

नेपाली का‌ंग्रेसका डम्बर खड्कालाई एक सय १४ मत अन्तरले हराउँदै पाँचौं पटक विजयी भएका नेम्बाङ भद्र र शालीन र भद्र नेताकाे रुपमा परिचित छन् । उनलाई काम गर्ने तर प्रचार गर्न मन नपराउने नेताकाे रुपमा पनि हेरिने गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार