इलाम। इलाम स्थायी घर भई हाल बेलायतमा कार्यरत इलाम नगरपालिका–५ स्थित अमर माविको कवर्ड हल निर्माणमा आर्थिक सहयोग गर्ने सहयोगी चन्दादाताहरुलार्ई सम्मान गरिएको छ ।
कवर्ड हल सञ्चालक समितिले इलाम नगरपालिका वडा नं. ५ घर भई हाल बेलायतमा कार्यरत चार जना चन्दादाता र इलामेली युके समाजलाई विहीबार सम्मान गरेको हो ।
इलाम नगरपालिका वडा नं. ५ स्थायी घर भई हाल बेलायततमा कार्यरत राजबहादुर जबेगू लिम्बू, खड्गबहादुर लुङ्गेलीलाई ढाका टोपी र सम्मान पत्र प्रदान गरी सम्मान गरिएको छ । यसरीनै बेलायतमै कार्यरत केशरी लोत्ताम लिम्बू, गुमानसिंह आङ्बोलाई पनि सम्मान गरिएको छ । यसैरीनै कवर्ड हल निर्माणमा सहयोग गर्ने इलामेली युके समाजलाई पनि सम्मान गरिएको छ । सम्मानित व्यक्तिहरुलाई इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी लिम्बू दाहालले सम्मान पत्र प्रदान गरेकी थिइन् ।
राजबहादुर जबेगू लिम्बूले स्वर्गीय बाबु टेकबहादुर र आमा आइतमाया जबेगूको स्मृतिमा ५१ हजार २५० रुपैयाँ सहयोग गरेका थिए । यसरीनै खड्गबहादुर ल्ुङ्गेलीले स्वर्गीय बाबु डम्बरबहादुर र आमा मैतीमाया लुङ्गेलीको स्मृतिमा ५१ हजार सहयोग गरेको समितिले जनाएको छ । यसरीनै गुमानसिंह आङ्बोले स्वर्गीय बाबु आशबहादु्र र आमा आशमाया आङ्बोको स्मृतिमा ५१ हजार २५० रुपैयाँ सहयोग गरेका छन् । यसरीनै केशरी लिम्बूले स्वर्गीय आमा रनहाङमा जबेगूको स्मृतिमा ५१ हजार २५० रुपैयाँ आर्थिक सहयोग गरेको समितिका कोषाध्यक्ष तीलक लिम्बूले जानकारी दिए ।
यसरीनै इलामेली युके समाजले कवर्ड हल निर्माणका लागि एक लाख रुपैयाँ सहयो गरेको छ ।
कवर्ड हल सञ्चालक समितिको अध्यक्ष गृष्म सुब्बाको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी लिम्बू दाहाल, इलाम नगरपालिका वडा नं. ५ का वडाध्यक्ष काजीबहादुर श्रेष्ठ, निवर्तमान अध्यक्ष ठाकूरनारायण श्रेष्ठ, अमर माविका अध्यक्ष गोविन्द पौडेलले मन्तब्य राखेका थिए । कार्यक्रम समितिका सचिव राजन दाहालले सञ्चालन गरेका थिए ।