इलाम/नेकपा एमाले इलाम नगरपालिका वडा नं.- ५ वडा कमिटीको दोश्रो ऐतिहासिक वडा अधिबेशनले सीता रिजालको अध्यक्षतामा नडा कमिटी गठन गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित अधिवेशनले उपाध्यक्षमा बिष्णुकुमारी लिम्बू, सचिबमा छबिलाल लम्साल, उपसचिवमा प्रकाश राई र सर्खराज भट्टराई पदाधिकारी रहेको २५ सदस्यीय वडा कमिटी निर्बिरोध निर्वाचित गरेको हो ।
यसरीनै सदस्यहरुमा मनु राई, लीलानाथ लम्साल, तारा आचार्य, पप्पु शिवा, टंकबहादुर दर्जी, ममिला लिम्बू, चन्द्रलाल काेइराला, मेघनाथ आचार्य , जीवन ढुङ्गाना, चन्द्रकान्त अर्याल, सन्ताेष घिमिरे, भूमिप्रसाद भट्टराई, बलिमाया घतानी, इन्दिरा चापागाई, मनमाया राई, डिल्लीराम घिमिरे, चन्द्रशेखर शिवाकोटी, पवित्रा खनाल, अम्बिका आचार्य र जाेरमाया ढकाल चयन भएका छन् ।
सितादेबी रिजालको अध्यक्षता तथा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष तथा प्रतिनिधि सभाका माननीय सांसद महेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा एमाले इलाम सचिवालय कमिटीका सदस्य गंगा भुर्तेल, छत्र बहादुर सुब्बा, जिल्ला कमिटी सदस्य दिनेश काफ्ले, नरेन्द्र खड्का, बृहस्पति उपरकुट्टि, यामबहादुर योङहाङ, जिल्ला सल्लाहकार परिषद सदस्य छबि श्रेष्ठ, मनराज जबेगु, शेखर ढुङ्गाना, प्रेस चौतारी नेपाल केन्द्रीय लेखा आयोग अध्यक्ष, सटेन्द्र जबेगु, रिटर्नी फेडेरेसन केन्द्रीय सदस्य हेमन्त आचार्य, इलाम नगर कमिटी अध्यक्ष तिलक ठकुरी, सचिब ठाकुर श्रेष्ठ, नगर कमिटी सचिबालय सदस्य तथा कार्यालय सचिब प्रकाश घिमिरे, नगर कमिटी सचिवालय सदस्य तथा ५ न. वडा इन्चार्ज गृष्म सुब्बा, राष्ट्रिय युवा संघ प्रदेश कमिटी उपाध्यक्ष ज्ञानु दाहाल, नगर कमिटी सदस्यहरु नेत्र लुइँटेल, इन्द्र शिवा, नारायण श्रेष्ठ, गायत्री बजगाई तथा अग्रज कम्युनिष्ट नेताहरुको उपस्थिति रहेको थियो ।
अधिबेशनको अवसरमा सेल्टरदाता तथा अग्रज कम्युनिष्ट अभिभावकहरु मध्येबाट डोलमाया आचार्य र कुबिजा घिमिरेलाई सम्मान गरिएको थियो ।