क्षमता विकासका लागि उद्घोषण तालिम

महिलाहरुको क्षमता विकास गराउने उद्देश्यले इलामको पशुपतिनगरमा पाँच दिने उद्घोषण तालिम शुरु गरिएको छ । सूर्योदय नगरपालिका– २ को सहयोग र प्रेस चौतारी इलामको आयोजनामा शुरु भएको तालिममा वडा– २ भरिका करिब २५ महिलाको सहभागिता रहेको छ ।
तालिम उद्घाटनका अवसरमा वडा– २ का वडाध्यक्ष डीकबहादुर बम्जनले महिलाहरुलाई नेतृत्वदायी भूमिकामा पु¥याउन हरेक पाटोमा क्षमता विकास आवश्यक रहेको बताए । ‘नेतृत्व तह र निर्णायक तहमा महिलाहरुको उपस्थिति न्युन छ ।’ वडाध्यक्ष बम्जनले भने ‘त्यो न्युन उपस्थितिलाई पूर्ताल गर्न महिलाहरुको क्षमता र नेतृत्व विकास गर्न यो कार्यक्रम तय गरिएको हो ।’ आइतबार शुरु भएको तालिमका अवसरमा सूर्योदय नगरपालिकाका प्रवक्ता ख्यामबहादुर भुजेलले चुलाचौकामा मात्र सिमित पारिएका महिलाहरुलाई यस्ता किसिमका तालिमले सामाजिक नेतृत्व सम्हल्न प्रेरित गर्न सक्ने बताए । ‘सूर्योदय नगरपालिकाले पालिकाका सबै वडाहरुमा महिला र पछाडि पारिएका समुदायलाई नेतृत्वमा ल्याउन क्षमता विकासको कार्यक्रम सञ्चालन गरिरहेको छ ।’ भुजेलले भने ‘लक्षित समुदायका नागरिकहरुले चासो दिनुभयो भने यो सबैका लागि उपलब्धीमूलक बन्न सक्छ ।’
सूर्योदय नगरपालिका कार्यपालिका सदस्य सावित्रा शिवाले लैङ्गिक समानताका लागि अझै महिलाहरुले लड्नु पर्ने आवश्यकता रहेकाले आफूलाई दक्ष, योग्य र क्षमतावान बनाउन आवश्यक रहेको बताइन् । न्यायिक समिति सदस्य समेत रहेकी शिवाले कतिपय अवस्थामा क्षमता हुँदा पनि अवसर नपाएर महिला पछि पारिएको भन्दै महिलाहरुलाई शसक्त भएर अगाडि आउन आग्रह गरिन । उनले त्यसका लागि वाक कला आवश्यक रहेकाले महिलाहरुलाई उद्घोषण तालिम आयोजना गरिएको बताइन् ।
तालिमको सहजीकरण प्रेस चौतारी इलामका अध्यक्ष तथा पत्रकार भीम चापागाईं, चौतारीका सचिव मनोज अधिकारी र कोषाध्यक्ष भगीरथ भण्डारीले गरिरहेको वडा सचिव सुवर्ण ढकालले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार