नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली इलाम आइपुगेका छन् । आज हुने पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्न ओली हिजो इलामको सूूर्याेदय नगरपालिका आएका हुन् ।
सदरमुकामको गौतमबुद्ध सभागृह (सिटी हल)मा आयोजना गरिने बैठकमा उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङसमेत सहभागी हुने भएका छन् ।
बैठकमा जिल्ला परिषद् तथा विभागीय पदाधिकारी र सदस्य, पालिका र इलाका कमिटीका पदाधिकारी, जनसंगठन, पेसागत संगठनका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी एवं वडा र शाखा कमिटी अध्यक्ष सहभागी हुने एमाले जिल्ला उपसचिव रवीन्द्र सुवेदीले जानकारी दिए ।
ओलीले नेपाल–भारत सीमा पशुपतिनगर क्षेत्रको निरीक्षणसमेत गरेका छन् ।
उनले सीमा रक्षाका लागि भारतसँग पहल गर्ने बताए ।
उनले पशुपतिनगरमा भन्सार र अध्यागमन कार्यालय खुलाउन आवश्यक रहेको पनि जनाए ।