सबै जातजाती अटाउने प्रदेश हो कोशी प्रदेश ः पूर्वप्रधानमन्त्री ओली

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एउटा प्रक्रियाबाट स्थापित गरिएको कोशी प्रदेशको नाम परिवर्तन गर्न जनता रिजाएर दुईतिहाइ मत ल्याएर मात्र सम्भव रहेको बताएका छन् । नेकपा एमालेको प्रतिनिधि परिषद बैठकका लागि बिहीबार इलाम आइपुग्नु भएका पूर्वप्रधानमन्त्री ओलीले कोशी प्रदेश नामले यो प्रदेश भरि बसोबास गर्ने सबै जातजाती, भाषाभाषी र संस्कृतिका आम नागरिकहरु अटाएको बताए । ‘यो प्रदेशमा बसोबास गर्ने कुन जात, धर्म र संस्कृतिको इतिहास जोडिएको छैन ? सबैले आ–आफ्नो जात र धर्मको अस्तित्व चहाने हो भने यो राजनीति होइन । यो हिंसाको बाटोमात्र हो ।’ नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले भने ‘पहिचान र जातीय राजनीति राजनीति होइन भन्ने कुरा जनताले जवाफ दिन्छन् । बाटो छेक्दा, ढुङ्गा हान्दा, कालो झण्डा देखाउँदा त्यो राजनीति होइन ।’
अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेश नामको विरोध गराएर सस्तो राजनीति गर्न खोजेको आरोप पनि लगाए । ‘त्यही सदनमा बसेर कोशी प्रदेश हुन्छ भन्ने, सदन बाहिर निस्किएपछि त्यसको विरोध गर्न कार्यकर्ता सडकमा उतार्ने, यो काममा प्रचण्डले सस्तो राजनीति गरेका हुन् ।’ अध्यक्ष ओलीले भने ।
आफूहरु इलाममा आफ्नो पाटीका कामका लागि भेला भएको भन्दै ओलीले सरकारले के गर्दैछ भन्ने आफूहरुले हेर्दै गरेको बताए । यदि सरकारले नागरिकको सुरक्षा गर्दैन भने एमालेले जवाफी कार्वाही शुरु गर्न पछि नपर्नै भन्दै अध्यक्ष ओलीले अहिले हरेक घर–घर र टोलटोलमा पाटी संगठन रहेको बताए । अध्यक्ष ओलीले आगामी निर्वाचनमा हरेक टोल र वडामा कम्तिमा ५१ प्रतिशत मत एमालेका पक्षमा खसाउने उपलब्ध हासिल गर्न एमाले सम्बद्ध नेता कार्यकर्तालाई निर्देशन दिए । ‘ग्रासरुट’ सञ्चालन भएको पाटी बनाउन हो’ ओलीले भने । पाटीको अनुसासन भित्र रहेर पाटीको काम गर्न पनि अध्यक्ष ओलीले नेता कार्यकर्तालाई सुझाएका थिए ।
अध्यक्ष ओलीलाई इलामको कन्यामबाट इलाम सदरमुकाम जाने क्रममा इलामको गोदकमा कोशी प्रदेशको विरोध गर्नेहरुले रुख तेर्साएर सडक अवरुद्ध गरेका थिए । इलाम बजारमा भेला भएका विरोधी समुहले कालो झण्डा देखाएर विरोध गरेका थिए । विरोधको क्रममा झडकको स्थिति सृजना हुन नदिन प्रहरीले विरोधी समुहका २२ जना कार्यकर्ता नियन्त्रणमा लिएको थियो । इलामको कार्यक्रम सक्किए पछि नियन्त्रणमा रहेका सबै कार्यकर्ता छोडिएको इलामका प्रहरी उपरिक्षक दिलिप घिमिरेले बताए ।
साभार ः गोरखापत्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार