समावेशीता र पहिचानका लागि एमालेको योगदान अतुलनीयः एमाले उपाध्यक्ष नेम्बाङ


इलाम । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले एमाले सबै जातजातीको अधिकार र पहिचानको पक्षमा रहेको बताएका छन् ।

नेकपा एमाले इलामको जिल्ला अधिवेशन प्रतिनिधि परिषद बैंठकलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्बाङले एमालेको नेतृत्वमा बनेको संविधान समावेशी र धर्म निरपेक्षतासहितको भएको बताए । पहिचान र समावेशीताको सवालमा एमाले प्रष्ट रहेको भन्दै उनले आफूसहित एमालेको पहलमा महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको पनि बताए । उनले समावेशीता र पहिचानको लागि एमालेले गरेको योगदान अतुलनीय रहेको पनि बताए । एमाले पहिचान विरोधी नभएको भन्दै उपाध्यक्ष नेम्बाङले भने, ‘त्यो पहिचान भनेको सम्पूर्ण सबै जाती, भाषा, धर्म, संस्कृतिका विविधता बीचको एकता हो भन्ने कुरामा द्वुविधा छैन ।’ नेम्बाङले एमाले सबै जातीजातीको पक्षमा रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार