इलामको सूर्याेदय नगरपालिका–१०, फिक्कलमा घर बनाउनेक्रममा ढिस्को खसेर पुर्दा चार जनाको मृत्यु भएको छ ।
स्थानीय विनोद श्रेष्ठको घरको चर खन्नेक्रममा माथिबाट झरेको ढिस्कोले पुरिएर भारतीय कामदारको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सन्तोष राईले घटनामा भारतको बिहार राज्यस्थित किसनगन्जका तोसिब आलम, अजी मोदिन, मुजाफर आलम र अब्दुुल आलमको मृत्यु भएको बताए ।
मृत्यु हुने चारै कामदार अन्दाजी १८ देखि २० वर्ष उमेरका छन् ।