इलाम आवाज अनलाइनका प्रधानसम्पादक सटेन्द्र जबेगु प्रदेश पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । जबेगूलाई पत्रकारिता दिवसको अवसरमा आयोजित समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले नगद एक लाख रुपैयाँ राशी सहित सम्मान गरेका थिए । २५ वर्ष यता पत्रकारितामा क्रियाशील जबेगू इलामपोष्ट दैनिक र इलाम आवाज साप्तहिकका सम्पादक समेत रहेका छन् । जबेगू सहित पत्रकार महासंघ इलामका पूर्व सभापति सोमनाथ सुसेलीलाई पनि प्रदेश सरकारले सोही पुरस्कार प्रदान गरेको छ । यस्तै उक्त पुरस्कारबाट झापाकी पत्रकार अम्बिका भण्डारी र धरानका पत्रकार राजेश विद्रोही पुरस्कृत भएका छन् ।