इलाम। नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्वमन्त्री राम रानाको गाडी ढुंगामुढा गर्नेलाई कार्वाहीको माग गरेकाे छ ।
कोशी प्रदेश एमाले संसदीय दलका उपनेता समेत रहेका रानालाई आज इलामको माङ्सेवुङ गाउँपालिकामा आयोजित जिल्लास्तरीय विस्तारित बैठकमा जाँदै गर्दा वडा नं. ३ घर्तीदोभान नजिकै उनको गाडीमाथि ढुंगामुढा भएकोप्रति एमालेले भत्र्सना गर्दै हिंसात्मक गतिविधि गर्ने समूहमाथि कानूनी कारबाहीको माग गरेको हो।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टद्वारा जारी विज्ञप्तिमा घटनामा संलग्नलाई तुरुन्तै पक्राउ गरी कारबाही गर्कोन माग गरिएको छ ।
कोशी प्रेदशको नामकरणका विषयमा असन्तुष्ट समूहले रानामाथि ढुंगामुढा गरेका थिए । त्यसक्रममा उनी चढेको गाडीको सीसा फुटेको थियो ।