२० उत्कृष्ठ किसान सम्मानित, ३१ जनालाई च्यापकटर वितरण

  आवाज संवाददाता


इलाम।इलाम नगरपालिका वडा नं. ४ ले सोमबार एक कार्यक्रमको आयोजना गरी वडाका उत्कृष्ठ २० जना किसानहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । यसरीनै ५० प्रतिशत लागत सहभागितामा ३१ जना किसानहरुलाई च्यापकटर(घाँस काट्ने मेशिन) वितरण गरेको छ ।


वडा कार्यालयले आर्थिक वर्ष २०७९।०८० को वडास्तरीय आर्थिक विकास कार्यक्रम अन्तर्गत दुग्ध उत्पादक, तरकारी उत्पादक, अन्नबाली र पुशपंक्षी उत्पादक तर्फका उत्कृष्ठ किसानहरुलाई नगद तीन हजारसहित सम्मान गरेको हो । यसरीनै आर्थिक वर्ष २०७९।०८० सामाजिक विकास कार्यक्रम अन्तर्गत ५० प्रतिशत लागत सहभागीतामा ३० वटा च्यापकटर वितरण गरिएको छ । सोही कार्यक्रममा घरेलु विकास कार्यालयसँगको सहकार्यमा किसानहरुलाई कफिको विरुवा समेत वितरण गरिएको छ । किसानहरुलाई हौसला प्रदान गर्दै निर्वाहमुखी कृषिलाई व्यावसायिकता तर्फ उन्मुख गराउन कृषि क्षेत्रलाई प्राथमिकतामा राखी किसानहरुलाई प्रोत्साहन स्वरुप सम्मान तथा सहयोग गरिएको वडाध्यक्ष दुलालले बताए ।

इलाम नगरपालिका वडा नं. ४ का वडाध्यक्ष नुतनदेव दुलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका उपप्रमुख विष्णुकुमारी लिम्बू दाहाल, प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर खड्काले पुरस्कृत किसानहरुलाई प्रमाण पत्र, पुरस्कारसहित सम्मान गरेका थिए । कार्यक्रममा वडा नं. ४ का सदस्यहरु दलका प्रतिनिधि, सञ्चारकर्मी र स्थानीयको उपस्थिति रहेको थियो ।

पुरस्कृत हुने किसानहरुः
१. पारसमणि दुलाल
२. प्रकाश दुलाल
३. पूर्णबहादुर राई
४. दिनेश राई,
५. पार्वती कटुवाल
६. दिपेन्द्र दुलाल
७. चिरञ्जिवि दुलाल
८.चित्रमणी दुलाल
९. मेघनाथ लुइटेल
१०. श्याम कार्की
११.भीमकुमारी मुखिया,
१२. दिलिप राई
१३. टंककुमार रिजाल
१४. महानन्द ओझा
१५. वेदप्रसाद घिमिरे
१६. केन्द्रप्रसाद दुलाल
१७. महेश राई
१८. टेकबहादुर थेबे
१९. कृष्णबहादुर खड्का
२०. मणिबहादुर सेन्चुरी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार