आक्रमण विरोधमा इलाम अदालतको काम ठप्प

  आवाज संवाददाता

ललितपुर जिल्ला अदालतमा कार्यरत कर्मचारीमाथि भएको आक्रमण विरोधमा का कर्मचारीले काम ठप्प पारेका छन् । कर्मचारीले आइतबार बिहान १० देखि अपराह्न साढे १ बजेसम्म अदालतको काम ठप्प पारेका हुन् ।

ललितपुर अदालतकी नायव सुब्बा प्रेमिका तामाङमाथि असार १३ गते कानुन व्यवसायी अमिर लामिछानेले गरेको हातपातको घोर भत्र्सना गर्दै विरोध जनाइएको इलाम जिल्ला अदालतका नायव सुब्बा खडानन्द पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार विभिन्न ट्रेड युनियनले शनिबार जारी गरेको विज्ञप्तिमा ऐक्यबद्धता जनाउँदै कर्मचारीले तामाङमाथि हातपात गर्नेविरुद्ध हदैसम्मको कारबाही गर्न र आउँदा दिनमा यस्ता घटना दोहोरिन नदिन माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार