इलामको माइजोगमाई गाउँपालिका–२, जोगमाईको टारसिङ गाउँका ५६ वर्षे पीताम्बर खतिवडाले आफ्नी श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् ।
पीताम्बरले एक्लै आफ्नो घरमा रहेकी जेठी श्रीमती अन्दाजी ५२ वर्षीया राधिका खतिवडाको हत्या गरेको प्रहरीले जानकारी दिएको हो ।
पत्नीको हत्यापछि उनले नजिकै रहेको निबारोको रुखमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलीप घिमिरेले बताए ।
प्रहरीका अनुसार हत्या गरिएकी राधिकाको बायाँ गालामा गहिरो चोट लागेको छ ।