सुम्बेक– इलाम नगरपालिका–२, सुम्बेकस्थित महाकालेश्वर शिव मन्दिर तथा परोपकार संस्थाको पहिलो वार्षिक साधारणसभा र अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
कोषराज लम्सालको अध्यक्षतामा गठित कार्य समितिको उपाध्यक्षमा रुद्र सुनाम र उर्मिला निरौला, सचिवम सूर्य निरौला, सहसचिवमा डाकप्रसाद पोख्रेल र कोषाध्यक्षमा बुद्धमाया तामाङ छन् ।
सदस्यहरूमा उमाकान्त पोख्रेल, मिङमाया तामाङ, मित्रलाल पोख्रेल, रामप्रसाद अधिकारी, भोगेन्द्र पोख्रेल, देविका दियाली, शिला घिमिरे, सरोज दियाली र इन्द्र निरौला चयन भएका छन् ।
संस्था अध्यक्ष कोषराज लम्सालको अध्यक्षता साथै वडाध्यक्ष गिरिराज रिजालको प्रमुख आतिथ्य र पूर्ववडाध्यक्ष नारद लम्सालको त्यस अवसरमा विशेष आतिथ्य थियो । वडा सदस्य मीना दाहाल गड्तौला, राजेन देवान, सरिता दियाली र सुम्बेकमा क्रियाशील विभिन्न संघ–संस्थाका प्रमुख–प्रतिनिधिसमेतको सहभागिता थियो ।