इलामका एक मेडिकल र एक डेन्टललाई कार्वाही

जोसुकैले बिक्री गर्न र प्रयोग गर्न नपाइने औषधी बिक्री तथा प्रयोग गरेको पाइएपछि इलामका एक मेडिकल र एक डेन्टल कार्वाहीमा परेका छन् । सदरमुकाममा सञ्चालनमा रहेका दुर्गा मेडिकल र माइपोखरी डेन्टललाई जिल्ला प्रशासन कार्यालयले दुई–दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।
केही दिन अघि गरेको अनुगमनका क्रममा मेडिकल र डेन्टल दुवैमा ‘वन्ली फर हस्पिटल सप्लाई’ लेखिएको र बजार मुल्य नलेखिएको औषधी फेला परेको थियो । यी दुवै औषधी बिक्री गर्न कानुनले नदिने हुँदा उपभोक्ता हित संरक्षण ऐन अनुसार उनीहरुलाई जरिमाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव कोइरालाले बताए । कोइरालाका अनुसार प्रशासनले जरिमाना गराएको र बाँकी अनुसन्धान कार्वाही स्वास्थ्य विभागले गर्नेछ । यसअघिको अनुगमनमा दुर्गा मेडिकलमा पाँचसय मिलिलिटरका चार बोतल र माइपोखरीमा पाँच बोतल यस्तो औषधि फेला परेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार