आँखाको संक्रमण बढ्दो

छिमेकी जिल्ला झापामा आँखा पाक्ने रोग देखिएसँगै इलाममा पनि यसको संक्रमण बढ्न थालेको छ । आँखा रातो हुने, चिलाउने, पोल्ने, कचेरा बस्ने जस्ता लक्षणहरु देखिन थालेको छ । इलाममा सदरमुकाममा सञ्चालित सामुदायिक आँखा अस्पताल र जिल्ला अस्पतालमा पनि यस रोगका बिरामी आउन थालेको जनाइएको छ । इलाम सहित अन्य जिल्लाका अन्य पालिकाहरुमा पनि मानिसको आँखामा संक्रमण देखिन थालेको जानकारी आएको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी विमल बरालले बताए ।
मोबाइल, रुमाल, कपडालगायतका सामानबाट एक व्यक्तिको आँखा पाक्ने रोग अर्को व्यक्तिमा सजिलै सर्ने गरेको पाइएको बरालले बताए । आँखामा संक्रमण भएका व्यक्तिहरु पनि सुरक्षित रहन र भीडभाडमा नजान तथा स्कूल तथा कलेजका विद्यार्थीहरु समेत सचेत हुर्नुपर्ने बरालको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार