नसर्ने रोग बढेसँगै रोग नियन्त्रणका सचेतना जगाउन ‘वाक द टक’ कार्यक्रम गरिएको छ । आज विहान जिल्ला स्वास्थ्य कार्यालयबाट शुरु भएको वाक द टक इलाम चियाबारी हुँदै भ्युटावर पुगेर पुनः स्वाथ्य कार्यालयमै आएर टुङ्गिएको थियो ।
कार्यक्रम स्वास्थ्य निर्देशनालय धनकुटाका प्रमुख ज्ञानबहादुर बस्नेत, इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलसहित स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत करिब एक सय जनाको सहभागीता स्वास्थ्य कार्यालयका सुचना अधिकारी विमल बरालले बताए ।
कार्यक्रमको समापन सँगै स्वास्थ्य निर्देशनालय धनकुटाका प्रमुख बस्नेतले सबैले बेलैमा खानपान र शारीरिक सक्रियतामा ध्यान दिइयो भने नसर्ने रोगबाट धेरै बच्न सकिने बताए । पछिल्लो समय मानिसमा उच्च रक्तचाप, मधुमेय, मुटु, मस्तिष्कघात, उच्च कोलेस्टेरोल स्तर, क्यान्सर, स्वासप्रस्वास, बच्चाहरुमा हुने मोटोपन बढी देखिने गरेको पाइएको छ ।
नसर्नै रोगबाट बच्न मदिरापान तथा सूर्तीजन्य वस्तु प्रयोग नगर्ने, नुन र चिनीको प्रयोग कम गर्ने, शारीरिक रुपमा सक्रिय रहने, फलफूल तथा साजसब्जी प्रशस्त खानुपर्ने कार्यक्रममा बताइएको थियो ।