इलामका दुई पसललाई ग्यास बिक्री गर्न रोक

  आवाज संवाददाता

जिल्ला प्रशासन कार्यालय इलामले अनुमतिबिना ग्यास बेच्ने दुईवटा पसललाई बिक्रीमा रोक लगाएको छ । प्रशासनले गरेको अनुगमनका क्रममा बिना अनुमति खाना पकाउने ग्यास विक्री गरिरहेका इलाम सदरमुकामस्थित जिरो किलोमिटर र कुलधारामा रहेका दुई पसललाई ग्यास बेच्न नपाउनेगरी ग्यासनै शिल गरिदिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव कोइरालाले कुुलधारको पसलमा ५१ वटा भरी र दुई सय दुई खाली सिलिन्डर ‘सिल’ गरिएको जानकारी दिए । कोइरालाका अनुसार जिरो किलोमिटरको अर्काे पसलमा पनि ९८ वटा भरी र ६ खाली सिलिन्डरमा शिल गरिएको छ । दुवै पसलका सञ्चालकलाई तीन दिनभित्र प्रशासन कार्यालयमा हाजिर हुन भनिएको छ । अनुगमनक्रममा कतिपय सिलिन्डर म्याद गुज्रिएका पाइएको थियो । यस्ता १३ सिलिन्डर अनुगमन टोलीले जफत गरेको छ । म्याद नलेखिएका खानेपानीका ६ जार पनि बरामद गरिएको प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार