माइजोगमाईमा आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी अभिमुखीकरण

  आवाज सम्वाददाता

माइजोगमाई। प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा ३ दिवसीय आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रम आज माईजोगमाई गाउँपालिकामा सम्पन्न भएको छ ।
माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको अध्यक्षतामा आज अभिमुखिकरण कार्यक्रमको समापन भएको हो ।
कार्यक्रममा माईजोगमाई गाउँपालिकाका ६ वटा नै वडाका वडाध्यक्षहरु कार्यपालिका सदस्यहरु वडा सदस्यहरु ६ वटा नै वडाका वडा सचिवहरु बिषयगत शाखाका शाखा प्रमुखहरु कर्मचारीहरु लगायतको उपस्थितिमा कार्यम्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका जनार्दन कट्टेल र दुर्गादेवी निरौलाले सहजीकरण गर्नुभएको थियो ।
अभिमुखी कार्यक्रम समापन सगै माईजोगमाई गाउँपालिकाको लागि निर्माण भएको आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका प्रशिक्षण प्रतिष्ठानले आज माईजोगमाई गाउँपालिकालाई हस्ताणतरण गरेको छ ।
साथै सहजकर्ताहरुलाई माईजोगमाई गाउँपालिकाले मायाको चिनो समेत प्रदान गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार