इलाम।किराँत याक्थुङ चुम्लुङको राष्ट्रिय भेला ३० बूँदे प्रस्ताव पारित गर्दै शुक्रबार सम्पन्न भएको छ । फागुन २४ र २५ गते साँस्कृतिक महाेत्सवसहित इलाममा चुम्लुङको राष्ट्रिय भेला सम्पन्न भएको हो । भेलाले हाल काेशी नामाकरण भएकाेमा विराेध जनाउँदै लिम्बुवान किरात प्रदेश राख्नुपर्ने पनि माग गरेकाे छ । भेलाले एतिहासिक पृष्ठभूमिको आधारमा कोशी पूर्वका नौ जिल्लालाई आठौँ प्रदेशको रूपमा लिम्बुवान प्रदेश स्थापना गर्ने प्रस्ताव पारित गरेको छ । इलाममा भएको २५ औ राष्ट्रिय चुम्लुङले प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्षले अघि सारेको प्रदेशको नाम लिम्बुवान किराँत राख्न नसके आठौँ प्रदेशको रूपमा लिम्बुवान प्रदेश बनाउने प्रस्ताव पारित गरेको हो ।
ऐतिहासिक पृष्ठभूमि एवम् सम्बत् १८३१ को लिम्बु गोर्खा सन्धिको आधारमा अरुण कोशीपूर्व मेचीसम्मको भू क्षेत्रमा आठौँ प्रदेश ‘लिम्बुवान’ निर्माण गर्न माग गरेको हो ।