प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिताको तयारी पूरा

शुक्रबारे खेल मैदान

इलाम।शहिदहरुको संझनामा सन्चालन गर्न तयारी गरिएको प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ ।

शहिदको संझनामा शुक्रबारे बजारको खेलमैदानमा शुक्रबारदेखि प्रतियोगिता सन्चालन गर्न लागिएको हो । राष्ट्रिय युवा संघ माई नगर कमिटीको आयोजनामा भोलि फागुण २१ गते देखि फागुन २९ गते सम्म सन्चालन हुने खेलको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

माई नगर भित्रका वडा स्तरिय महिला र पुरुष फुटवल प्रतियोगिता सञ्चालन गरिन लागेको युवा संघका इलाम जिल्ला कार्यालय सदस्य तथा माई नगर संयोजक कुमार लिम्बुले जानकारी दिए । भोलिको उद्घाटन कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश साँसद काजिमान कागते, नेकपा केन्द्रिय सदस्य तथा ईलाम नगरपालिकाका मेयर महेश बस्नेत, माईका मेयर दिपक कुमार थेबे, उपमेयर बिष्णुमाया आचार्य लगायतको उपस्थिति रहने आयाेजकले जनाएकाे छ ।

उद्घाटनमा वडाहरुबाट जात-जातिका झाँकी तथा राष्टि्रय स्तरका कलाकारको सहभागितामा रहने छ । प्रतियोगितामा पुरुष फुटवल प्रतियोगिताको बिजेता टीमले नगद ५० हजार ट्रफी, मेडल र प्रमाण पत्र र उपबिजेता टीमले नगद ३० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन । त्यस्तै महिला बिजेता टीमले नगद २५ हजार ट्रफी, मेडल र प्रमाण पत्र र उपबिजेताले नगद १५ हजार ट्रफी, मेडल र प्रमाण पत्र लगायत बिभिन्न बिधामा पुरस्कृत गरिने जनाइएको छ । शहिदहरु शहिद रामनाथ दहाल, कृष्ण कुईकेल,नेत्र घिमिर, नारायण श्रेष्ठ र बीरेन रानबंंशीले सहादत प्राप्त गरेको ऐतिहासिक स्थल सुखानीको संझनामा माई–४ कै शुक्रबारे बजार खेलमैदानमा फुटवल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

माई–४ कै सुखानीमा २०२९ साल फागुण २१ गते पञ्चायती शासकले झापाबाट इलाम जेल सार्ने बाहानामा ५ जनालाई  हत्या गरेको थियो ।

हेर्नुहाेस् टाइसेट:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार