स्ववियुले दियो विद्यार्थीहरुलाई नि:शुल्क लाेक सेवा तयारी कक्षा

  आवाज सम्वाददाता

इलाम। स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र रत्न बहुमुखी  क्याम्पस इलामद्वारा नि:शूल्क लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरिरहेको छ ।  लोक सेवा आयोग इलामका प्रमुख उपसचिव देवीप्रसाद सूबेदी, लोक सेवा आयोगका शाखा अधिकृत छबि श्रेष्ठ र रमेश खत्रीले सहजीकरण गरिरहेको स्ववियु सभापित दर्शन राईले जानकारी दिए। फागुन २९ गतेदेखि शुरु भएको कक्षा १५ दिनसम्म सञ्चालन हुनेछ । कक्षामा हाल दुई सयभन्दा बढी विद्यार्थीहरुको सहभागीता रहेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार