इलाममा एमालेको उम्मेदवार सुहाङ नेम्बाङ, सिंगो इलामेको भावनालाई समेटेर अघि बढ्ने

  आवाज संवाददाता

इलाम।इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ गते हुने उपनिर्वाचनमा नेकपा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमालेको उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीलेले बताए । उनी एमालेका दिवङ्गत नेता सुवास नेम्वाङका कान्छा छोरा हुन् । हृदयघातबाट सुवासको गएको भदौ २६ गते निधन भएको थियो । एमालले उम्मेद्वार सिफारिस गरेपछि सुहाङले सिंगो इलामेहरुको भावनालाई समेट्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार