एजेन्सी। इटालीको प्रख्यात सानरेमो संगीत महोत्सवमा कार्यक्रम सञ्चालक बन्ने भए ज्लाटन इब्राहिमोभिच । संयोग कस्तो भने, त्यस कार्यक्रम र एसी मिलानको उडिनेजेबीचको खेल एकैदिन पर्यो । तर स्विडिस स्ट्राइकर इब्राहिमोभिचले दुवैमा उपस्थिती जनाए ।
मंगलबार राती संगीत महोत्सवमा ज्लाटन देखिए । तर पुरा समय उनी त्यहाँ रहेनन् । उनलाई उडिनिजेसँगको खेल पनि भ्याउनु थियो । चोटका कारण त्यस खेलका लागि आराम पाएका ज्लाटन सहकर्मीलाई समर्थन गर्न एक सय ७० माइल यात्रा पुरा गर्दै सानसिरो पुगे । ज्लाटनको ढाडसका बाबजुत पनि मिलानले फेरि दुई अंक गुमायो । उडिनेजेसँगको बराबरीले मिलान सहरी प्रतिद्वन्द्वी इन्टर मिलान भन्दा छ अंकले पछाडि परेको छ । त्यो पनि एक खेल बढी खेलेर ।
इन्टरले २४ खेलबाट ५६ अंक बनाउँदै लिग उपाधि दौडमा बलियो देखिदा मिलान भने क्रमशः फितलो बन्दै गएको छ । सिजनको पहिलो पाँच महिना शीर्ष स्थानमा रहेको मिलान तीन साता अघि सम्म पनि इन्टर भन्दा बलियो देखिएको थियो । तर पछिल्ला सातामा एन्टोनियो कोन्टेको इन्टर सिरी ए जित्ने बाटोमा अघि बढेको छ ।
यद्यपि मिलानको नतिजाले इब्राहिमोभिचलाई फरक परेको देखिएन । सान सिरोमा भएको खेलपछि उनी भर्चुअल माध्यम मार्फत सानरेमोसँग जोडिए । मिलानका खेलाडीहरूले डेभिड अस्टोरीको सम्झनामा आयोजना गरेको कार्यक्रममा सहभागी भएनन् । बरु तीन वर्ष अघि वितेका अस्टोरीको नाममा कार्यक्रम गर्ने आमाडेउसलाई उल्टै गिज्जाए ।
इब्राहिमोभिचको उपस्थितीमा संगीत महोत्सव सफल हुन्छ भनेर सोचेका आयोजकलाई सासुओलो र नेपोलीबीचको खेलले चुनौती दियो । सासुओलोको मैदानमा भएको खेल ३(३ को बराबरीमा सकियो । खेलमा तीन पेनाल्टी गोल भए । खेलमा सुरुवातबाटै दुई टिम आक्रमक रुपमा प्रस्तुत भए । दुवै टिमका प्रशिक्षकको योजना ‘प्रेसिङ गेम’ खेल्ने थियो । नेपोलीका कप्तानले सुरुवाती गोल गरे पनि भीएआरले मान्यता दिएन ।
नेपोलीकै निकोला माकसिमोभिचले गोल गरे । तर आफ्नै पोस्टमा । जसका कारण, घरेलु टिमले अग्रता लियो । पियोटर जियलिन्सकीको गोलबाट नेपोली खेलमा फर्कियो । पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै डोमेनिको बेरारर्दीले गोल गर्दा सासुओलोले खेलमा फेरि अग्रता बनायो । दोस्रो हाफमा जियोभानी डी लोरेन्जो र लोरेन्जो इनसिन्याले एक(एक गोल गरेपछि नेपोली ३(२ को अवस्थामा पुग्यो । तर फ्रान्सेसको कापुटोले खेलको तेस्रो पेनाल्टमिा गोल गरेपछि सासुओलो र नेपोलीले बराबरी खेले ।
बराबरीले दुवै टिमलाई निराश बनायो । युरोपा लिग फर्कन चाहेको सासुओलो नऔँ स्थानमा अड्कियो भने नेपोलीले पाँचौ स्थानको एस रोमासँग अंक दुरी घटाउन सकेन । अपेक्षाकृत नतिजा निकाल्न नसकिरहेको नेपोलीका प्रशिक्षक गेनारो गाटुसो अर्को बराबरी पछि थप दबाबमा परेका छन् । गाटुसो खेलपछि निराश देखियो । आफूले लगाएको ज्याकेट भुईमा फाल्दै निराशा पोखे । उता टिमका कप्तान इनसिन्या क्रोधित देखिए । उनी पानीको बोतललाई लात हानेको हान्दै ड्रेसिङ रुम तर्फ लागे ।
इनसिन्याले ‘कस्तो खराब टिम’ भनेको पनि सुनियो । उनको क्रोध को प्रति लक्षित थियो रु प्रष्ट छैन । तर यसको संकेत भनेको, गाटुसोको पद धरापमा छ भन्ने नै हो । सरुवा बजारमा ठूलो बजेट खर्च गरेको नेपोलीले गाटुसोलाई कहिले बर्खास्त गर्छ भनेर इालियन सञ्चार माधयमले दिन गन्ती गर्न सुरु गरिसकेका छन् ।
गाटुसोले भिक्टर ओसिमहेन र हाइरभिङ लोजानो जस्ता मुख्य खेलाडीले चोट बोकेको भन्दै गुनासो गर्न सक्छन् । जुन जायज पनि हो । ओसिमहेन र लोजानो बाहेक, आन्दे्रइ पेटाग्ना र ड्राइस मर्टेन्सको अनुपस्थितीले पनि नेपोलीको प्रदर्शनमा असर गरेको छ । तर गाटुसोलाई उनको खराब खेल नीतिका कारण भने आलोचित हुनु स्वभाविक हो । उनले भएका खेलाडीहरूलाई उचित ढङ्गले उपयोग गर्न सकेका छैनन् ।
खेलपछि गाटुसो पत्रकार सम्मेलनमा देखिएनन् । नेपोलीका तर्फबाट केही साता यताबाट कसैले पनि सञ्चार माध्यममा बोलेका छैनन् । गाटुसो र उनको टिम सञ्चार माध्यमबाट प्रष्टीकरण दिने भन्दा मैदानमा खेल सुधार्न प्रयासरत छन् । बाह्रखरीले समाचार लेखेकाे छ ।