दुर्घटना परी बरबोटेका युवाको मृत्यु

इलाम । इलामको सन्दकपुर गाउँपालिका- ५, जमुनामा गएराति भएको पिकअप दुर्घटनामा एक युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

जमुनाको सापकोटा गाउँस्थित भित्री कच्ची सडकमा प्र. १–०३–००१ च ००६९ नम्बरको पिकअप दुर्घटना हुँदा इलाम नगरपालिका-५ स्थित बरबोटका २३ वर्षीय तोया घिमिरेको मृत्यु भएको  छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि झापाको अस्पताल लैजाँदै गर्दा मेची राजमार्मागको १२ गोलाईमा पुग्दा मृत्यु भएको हो । हाल उनकाे शव पाेष्टमार्टमका लागि इलाम अस्पतालमा राखिएको छ ।

प्रहरीका अनुसार बिब्ल्याँटेबाट गोरु बाेकेर जमुनातर्फ जाँदै गरेको पिकअप सडकबाट खसेर दुर्घटना भएको हो । दुर्घटनामा इलाम नगरपालिका ४ का २० वर्षीय चालक अभिषेक तिवारी घाइते भएका छन् । उनको अवस्था सामान्य छ । उनको इलाम अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार