होटल व्यवसायी शेर्पाले दिए बौद्धिक अपाङ्गतालाई सामग्री

  आवाज सम्वाददाता

इलाम। इलाम बिब्ल्याँटेका होटल व्यवसायी मिङ्मा र पासाङ छेकी शेर्पाले अमर माध्यमिक विद्यालय बरबोटेमा रहेकाे बौद्धिक अपाङ्गता स्रोत कक्षालाई २३ हजार बराबरको भान्साका सामग्री प्रदान गरेका छन् ।

डोमा होटलका सञ्चालक शेर्पाले स्रोत कक्षाका विद्यार्थीहरुकाे भान्सा प्रयोजनका लागि फलामे कराई, डेक्ची, भट्टी चुल्हो, स्टील डिनर प्लेट, बटुका र चम्चीलगायतका सामग्री दिएकाे स्रोत शिक्षक दिनमणि भट्टराईले जानकारी दिएका छन् । डोमा होटलका सञ्लेचालक शेर्पाले बुद्ध जयन्तीको अवसरमा स्रोत कक्षालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । डोमा हाेटलका सञ्चालक शेर्पाले होटलको आम्दानीबाट दैनिक एक सय रुपैंयाँ सहयोग काेषमा छुट्याएर वर्षमा एक पटक असहाय, अनाथ बालबालिका र संघसंस्थाहरुलाई सहयोग गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार