इलामका १० स्थानीय तहले झण्डै ४ अर्ब केन्द्रबाट अनुदान पाउने

  आवाज सम्वाददाता

इलाम। इलामका चार नगरपालिका र ६ गाउँपालिकाले केन्द्र सरकारबाट आगामी आर्थिक वर्ष २०८१।०८२ मा झण्डै चार अर्ब रुपैयाँ अनुदान पाउने भएका छन् ।

इलामका चार नगरपालिकालाई एक अर्ब ९९ कराेड ४० लाख रुपैंयाँ केन्द्र सरकारले दिने भएको छ भने ६ गाउँपालिकालाई एक अर्ब ९५ करोड ५७ लाख रुपैयाँ दिने भएको छ ।

नगरपालिकाहरु मध्ये सबैभन्दा धेरै सूर्योदय नगरपालिकाले ६२ करोड ९४ लाख रुपैयाँ पाउने भएकाे छ । समानीकरण अनुदानमा १५ करोड ८४ लाख, शसर्त अनुदान ४४ करोड ७० लाख, विशेष अनुदान १ करोड १० लाख र समपुरक अनुदान १ करोड ३० लाख रुपैयाँ अनुदान केन्द्रबाट पाउने भएको छ ।

यसरीनै इलाम नगरपालिकाले केन्द्र सरकारबाट  ५९ करोड १६ लाख रुपैयाँ पाउने भएकाे छ । जसमध्ये समानीकरण अनुदानमा १४ करोड ८८ लाख, शसर्त अनुदान ४२  करोड ७८ लाख, विशेष अनुदान नपाउने भएको छ भने समपुरक अनुदान १ करोड ५० लाख रुपैयाँ अनुदान केन्द्रबाट पाउने भएको हो ।

देउमाई नगरपालिकाले ४१ करोड ६३ लाख रुपैयाँ पाउने भएकाे छ । जसमध्ये समानीकरण अनुदानमा ११ करोड ६९ लाख, शसर्त अनुदान २९  करोड ४४ लाख, विशेष अनुदान ५० लाख रुपैंयाँ पाउने भएको छ भने  समपुरक अनुदान केन्द्रबाट नपाउने भएको हो ।

यसरी नै माई नगरपालिकाले केन्द्र सरकारबाट ३५ करोड ६७ लाख रुपैयाँ पाउने भएकाे छ । जसमध्ये समानीकरण अनुदानमा ११ करोड ४८ लाख, शसर्त अनुदान २३  करोड ६४ लाख, विशेष अनुदान नपाउने भएको छ भने समपुरक अनुदान ५५ लाख रुपैयाँ अनुदान केन्द्रबाट पाउने भएको हो ।

यता इलामका ६ गाउँपालिकाहरु मध्ये सबैभन्दा धेरै केन्द्रको अनुदान फाकफोकथुम गाउँपालिकाले पाउने भएको छ । उसले ४१ करोड २९ लाख रुपैंयाँ केन्द्रबाट अनुदान पाउने भएको छ ।  फाकफोकथुमले समानीकरण अनुदानमा ९ करोड ३७ लाख, शसर्त अनुदान २९ करोड २२ लाख, विशेष अनुदान १ करोड २० लाख  पाउने भएको छ भने समपुरक अनुदान १ करोड ५० लाख रुपैयाँ अनुदान केन्द्रबाट पाउने भएको हो ।

चुलाचुली गाउँपालिकाले २९ करोड २८ लाख रुपैंयाँ केन्द्रबाट अनुदान पाउने भएको छ ।  जसमध्ये समानीकरण अनुदानमा ९ करोड ५३ लाख, शसर्त अनुदान १८ करोड ७५लाख र समपुरक अनुदान १ करोड रुपैयाँ अनुदान केन्द्रबाट पाउने भएको हो ।

माइजोगमाई गाउँपालिकाले ३१ करोड ७३ लाख रुपैंयाँ केन्द्रबाट अनुदान पाउने भएको छ ।  जसमध्ये समानीकरण अनुदानमा ९ करोड १८ लाख, शसर्त अनुदान २० करोड ८० लाख र विशेष अनुदान १ करोड ७५ लाख  रुपैयाँ अनुदान केन्द्रबाट पाउने भएको हो ।

माङसेबुङ गाउँपालिकाले ३० करोड ८७ लाख रुपैंयाँ केन्द्रबाट अनुदान पाउने भएको छ ।  जसमध्ये समानीकरण अनुदानमा ८ करोड ७३ लाख, शसर्त अनुदान १९ करोड १४ लाख र विशेष अनुदान ३ करोड रुपैयाँ अनुदान केन्द्रबाट पाउने भएको हो ।

रोङ गाउँपालिकाले ३४ करोड ६६ लाख रुपैंयाँ केन्द्रबाट अनुदान पाउने भएको छ ।  जसमध्ये समानीकरण अनुदानमा ८ करोड ८९ लाख, शसर्त अनुदान २१ करोड ३७ लाख र विशेष अनुदान २ करोड ९० लाख रुपैयाँ अनुदान केन्द्रबाट पाउने भएको छ।

सन्दकपुर गाउँपालिकाले २७ करोड ७४ लाख रुपैंयाँ केन्द्रबाट अनुदान पाउने भएको छ ।  जसमध्ये समानीकरण अनुदानमा ८ करोड १७ लाख, शसर्त अनुदान १८ करोड ७ लाख र समपुरक अनुदान १ करोड ५० लाख रुपैयाँ  केन्द्रबाट पाउने भएको हो ।

इलामका १० स्थानीय तहले चालु खर्च वापत ३ अर्ब ४७ करोड ५० लाख रुपैयाँ र पुँजीगत प्रकृतिमा ४७ करोड ४७ लाख केन्द्रको अनुदान पाउने छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार