वर्षमा १७ हजारको ज्यान लिने क्षयराेग मुक्त अभियानमा इलाम नगरपालिका

  आवाज सम्वाददाता

इलाम । इलाम नगरपालिकाले पछिल्लो समय जनस्वास्थ्यका लागि निक्कै जोखिम बन्दै गएको क्षयराेग (टीबी) उन्मुलनकाे प्ररम्भिक अभियान शुरु गरेकाे छ ।

इलाम नगरपालिकाले क्षयरोग मुक्त नेपाल अभियान शुरु गरेकाे हाे । अभियान अन्तर्गत नगरपालिकाका सबै वडाहरुमा याेजना तर्जुमा तथा वडास्तरीय समिति गठन गर्ने कार्य प्रारम्भ गरिएको इलाम नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उपेन्द्र खनालले बताए । अभियान अन्तर्गत रोगकाे विषयमा जनचेतना जगाउनका साथै राेगीको पहिचान गर्ने र उपचारकाे दायरामा ल्याएर क्षयराेग न्यूनिकरण गरिने छ । साेही अभियान अन्तर्गत इलाम नगरपालिका वडा नम्बर ५ मा आइतबारदेखि दुई दिने वडास्तरीय समिति गठन तथा सुक्षम योजना तर्जुमा कार्यक्रम शुरु गरिएको छ । साथै क्षयरोगका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने, घोषणा गर्ने, घरधुरी सर्वेक्षण गर्ने, शंका लागेकाको परीक्षण गर्ने, वडास्तरमा सुक्ष्म योजना बनाएर गाउँमा स्वास्थ्यकर्मी परिचालन, नगर र वडास्तरमा समिति गठनलगायतका कार्य थालिएको छ ।  प्रतिवर्ष प्रति १० लाखमा १ भन्दा कम बिरामी भएमा अन्त्य भएको मानिनेछ ।

एक अध्ययनका अनुसार नेपालमा वार्षिक ६९ हजार व्यक्तिमा लक्षणसहितको क्षयरोग देखापर्ने गरेको छ । त्यसमध्ये ३७ हजार उपचारमा आउने गरेका छन् भने बाँकी उपचारको दायरामा आउने गरेका छैनन् । नेपालमा मात्र क्षयरोगबाट वर्षमा १७ हजारले ज्यान गुमाउने गरेका छन् । नेपालमा औंषधी प्रतिरोधी क्षयराेगसमेत पाइएको छ । यो सामान्य क्षयरोगभन्दा खतरा हुने बताइन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार