इलाम।इलामको चुलाचुली गाउँपालिकामा पर्ने रतुवा खोलाले जीप बगाउँदा दुई जनाको ज्यान गएको छ ।
इलामको लारूम्बाबाट दमक झर्दैं गरेको बुलेरो जीपलाई चुलाचुली गाउँपालिका ५ स्थित रतुवा खोलाले बगाएको बगाउँदा दुई जनाको ज्यान गएको हो । जीपमा रहेका मध्ये दुई जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
जीपमा कति यात्रु थिए भन्ने यकिन नभइसकेको प्रहरीले जनाएको छ । बच्चा र महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।